२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनीका विहारमा पर्यटकीय बस जान नपाउने

लुम्बिनीका विहारमा पर्यटकीय बस जान नपाउने

लुम्बिनीका विहारमा पर्यटकीय बस जान नपाउने

लुम्बिनीका विहारमा पर्यटकीय बस जान नपाउने

लुम्बिनीका विहारमा पर्यटकीय बस जान नपाउने
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, श्रावण ३१ २०८१
बिहिवार, श्रावण ३१ २०८१
  • रहवा  । लुम्बिनी विकास कोष परिषरमा अवस्थित बिहार तथा गुम्बाहरुले गेष्ट हाउस सञ्चालन गरी व्यवसाय नै गरेको भन्दै पटक-पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी र लुम्बिनी विकास कोषबिच छलफल भएको छ । 


    लुम्बिनी होटल संघ नेपालको पदाधिकारी र लुम्बिनी विकास कोषबिच बुधबार भएको छलफलबाट विभिन्न निणर्य गरिएको छ । 
    छलफलले एक महिनाभित्र आचारसंहितासहित बिहार सञ्चालन कार्यविधि बनाउनका लागि ९ सदस्यीय समिति गठन गरेको छ ।

    लुम्बिनी विकास कोषका सूचना प्रमुख डा. हरिध्वज राईसहित ३ जना प्रतिनिधि, लुम्बिनी होटल संघ नेपालको प्रतिनिधि २ जना, विहार समितिको प्रतिनिधि २ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रतिनिधि १ जना र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि १ जना गरी ९ सदस्यीय समिति बनाइएको लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए । 


    ‘लामो आन्दोलनपछि दुवै पक्षको सहमति र छलफलअनुसार यो नतिजा ल्याउन सकेका छाँै, यो आन्दोलनको प्रतिफल हो, समितिले तयार गरेको कार्य विधिअनुसार नै विहारहरु सञ्चालन हुने छन् ।’-ज्ञवालीले भने ।


    ज्ञवालीका अनुसार विगतमा जसरी पर्यटकसहित आएको बस सिधँै गुम्बामा गई बस्ने गरेकोमा अबको आइतबारबाट सो कार्यमा बन्देज लगाइएको छ । विकास कोषमा रहेका विहारहरुमा पर्यटक व्यवसायिक रुपमा नराख्नका लागि नै यो सहमति भएको हो । 
    यसैगरी लुम्बिनीमा रहेको कन्फ्रेन्स हललाई व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने भन्नेबारे पनि छलफल भएको थियो ।

    छलफलले छिछ्टै एक समिति बनाई दीर्घकालिन कार्ययोजनासहित प्रतिवेदन बनाउने छ, भने लुम्बिनीलाई कसरी अध्यात्मिक वातावरण बनाउन सकिन्छ भन्ने विषयमा गृहकार्य गरी कार्ययोजना र समिति गठन गर्ने विषयमा छलफल भएको थियो । 
    छलफलमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डीराज भट्टराई, वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना प्रमुख हरिध्वज राई, सुरक्षा प्रमुख खगेन्द्र काप्mले, वरिष्ट लेखा प्रमुख नवलकिशोर यादव, लुम्बिनी होटल संघ नेपालका अध्यक्षसहितका पदाधिकारी, प्रतिनिधि सदस्यहरुको सहभागी रहेको थियो ।   


    लुम्बिनी आएका पर्यटकहरु होटलमा नगई सिधँै विहारमा जाने र व्यवसायिक रुपमा विहार तथा गुम्बाहरुमा बस्दै आएपछि लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरु आन्दोलित बनेका थिए ।


    विगत एक दशक अगाडिबाट होटल व्यवसायीको कोषसँगको लडाईँ थियो, कोषले बेवास्ता गर्दै आएको थियो । धार्मिक पर्यटक वा तीर्थयात्रीका नाउमा गरिंदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्नु पर्छ भनि स्थानीयहरुले पनि ऐक्यबद्धता जनाउँदै आएका थिए । 


    लुम्बिनी क्षेत्रमा स्टार होटलसहितका ८२ वटा साना ठूला होटल सञ्चालनमा छन् । लुम्बिनी होटल संघका अनुसार लुम्बिनीको पर्यटन व्यवसायमा अहिलेसम्म निजी क्षेत्रको १५ अर्ब रुपैयाँ लगानी भएको छ । होटल व्यवसायमा मात्र ७ अर्ब बढी लगानी भएको छ । 


    लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षु-भिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ । 
    लुम्बिनीमा बनेका गौतमी भिक्षुणी विहारले दैनिक एक सय ५० पाहुना राख्न मिल्ने गरी भवन बनाएको छ ।

    यस्तै, गोल्डेन टेम्पल म्यानमारले दुई सय ५०, कम्बोडियाको विहारले दुई सय, महाबोधि सोसाइटीले एक सय २०, राजकीय थाइ विहारले तीन सय, कोरियन बिहारले पनि तीन सय, बज्रयान विहारले दुई सय जना पाहुना एकैपटक राख्न सक्छन् । चाइना बिहारमा दुई सय ५०, क्यानेडियन विहारमा एक सय २०, सिंगापुरको विहारमा सय जना पर्यटक राख्ने क्षमता छ । निर्माणाधीन अवस्थामा रहेका कर्मा साम्तेङ विहार र क्वालाम्पुर विहारले १५० बढी कोठा निर्माण गरिरहेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij