लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी ४० लाख एक हजार रुपैया दान हस्तान्तरण भएको छ ।
चीनियाँ भिक्षु तथा नागरिकहरुले व्यक्तिगत रुपमा रकम जम्मा गरी विश्वविद्यालयलाई दान ४० लाख एक हजार रुपैया दान गरेका हुन् । लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित एका कार्यक्रमका बीच चीनियाँ भिक्षु स्याओसिंसहितको टोलीले निमित्त उपकुलपति एवं रजिष्ट्रार डा. तिलकराम आचार्यलाई दान रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै विश्वविद्यालयका निमित्त उपकुलपति एवं रजिष्ट्रार आचार्यले बौद्ध दर्शनको अध्ययन अनुसन्धानका लागि विभिन्न संस्था तथा व्यक्तिहरुले दिनुभएको दानले सहयोग पुग्ने भन्दै त्यसको उचित उपयोग गरिने बताए ।
ॅविश्वविद्यालयले बौद्ध अध्ययन अनुसन्धानलाई मुख्य प्राथमिकतामा राखेर प्राज्ञिक गतिबिधि गरिरहेको छ, उनले भने,-ॅसबैको सहयोग रहदा यसको प्रवद्र्धनमा टेवा पुग्छ ।’
त्यस्तै चिनिया भिक्षु स्याओसिंले बौद्ध दर्शन अध्ययन तथा अनुसन्धानको कार्यका लागि आफूहरुले दान हस्तान्तरण गरेको बताए । उनले दान निरन्तर गर्दै जाने समेत बताए ।
चिनियिा भिक्षुसहित १५ जना परिवारले संकलन गरेको रकम दान स्वरुप हस्तान्तरण गरेका हुन् । वाङ युछेङ, ह्वाङ छोङसिं, सु सिङखोईसहितका दाताहरुको उपस्थिति रहेको थियो ।




