२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दिउँसो हल्कादेखि मध्यम राति भारी वर्षाको सम्भावना

दिउँसो हल्कादेखि मध्यम राति भारी वर्षाको सम्भावना

दिउँसो हल्कादेखि मध्यम राति भारी वर्षाको सम्भावना

दिउँसो हल्कादेखि मध्यम राति भारी वर्षाको सम्भावना

दिउँसो हल्कादेखि मध्यम राति भारी वर्षाको सम्भावना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहँदा केही  स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको छ । बाँकी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।                                                                                                                     

    विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    यसैबीच, पश्चिम नेपालका विभिन्न जिल्लामा गएराति वर्षा भएको छ । जाजरकोट, दैलेख, अछामसँगै गुल्मी, म्याग्दी,  बागलुङ, पर्वतमा वर्षा भएको छ । 


    गुल्मीको मुसीकोट, तम्घास, म्याग्दीको मुना, बागलुङको गलकोट, पर्वतको पन्चासे, कार्किनेटा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । 

    जाजरकोट, दैलेखको डन्डा गाउँ, अछामको असाराघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । 

    विभागले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने निस्ती खोला लगायत अन्य स–साना खोलामा बहाव केही बढ्नसक्ने बताएको छ । त्यसैले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।  

    हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij