गुल्मी । छिमेकी मुलुक भारतको ७८ औँ स्वतन्त्रता दिवस भारतमा निकै धूमधामका साथ मनाइएको छ । यसैबिच भारतमा बस्ने नेपालीहरूले पनि स्वतन्त्रता दिवस मनाएका छन् । भारतका विभिन्न स्थानमा बस्ने नेपालीहरूले झण्डोत्तलन सहित विभिन्न कार्यक्रम गर्दै मनाएका हुन् ।
भारतको मुम्बई , ठाणे, पुना र महाराष्ट का ठाउ ठाउँमा बस्ने नेपाली र उनीहरूका विभिन्न संघ संगठनहरुले स्वतन्त्रता दिवसको अबसरमा भारतीय झन्डोत्तोलन लगायतका विभिन्न कार्यक्रम गरी मनाएको भारतबाट विष्णु गौतमले जानकारी दिए ।
नेपाली संगठन माथाडी कामगार युनियनका अध्यक्ष झपट यल.सिंह ,संयुक्त नेपाली महासंघ मुम्बई , शिव सेना सम्पर्क प्रमुख अशोक सिंह नेपाली, नेपाली श्रमिक युनियनका महासचिव दीपक सिलाल , प्रवासी नेपाली संघ भारत मुम्बई युनिट, उद्योगपति एन के सिंह लगायतले अगुवाइ गरेका थिए ।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति केन्द्रीय उपाध्यक्ष यम.बोहरा , अखिल भारत एकता मंच मुम्बई युनिट, समाज सेवक एवम् मार्सल आर्ट प्रशिक्षण गगन ज्वाला, दीपक मगर , नायक प्रकाश बि सि,नाइका कबिना महर्जन , प्रतिमा रसाइली , गायिका पुजा बस्नेत ,महिला जागुरुक अभियानकी मनु बगेटी तथा थुप्रै बिद्यार्थी ,अभिभावकको उपस्थिति रहेको थियो ।
भारतमा लामो समय देखी बस्दै आएका नेपालीहरूले हुने चाड पर्वहरू पनि मिलीजुली मनाउने गरेका छन् ।




