बुटवल । सुदूरपश्चिम क्षेत्रमा घर भएर लुम्बिनी प्रदेशमा बसोबास गर्दै आइरहेका ब्यक्तिहरुद्वारा सञ्चालित सुदूरपश्चिम लुम्बिनी सम्पर्क समाजले कार्यसमिति सदस्य तारा सिंह बिस्टलाई बिदाइ गरेको छ।
विष्ट म्यागानस फार्मा (औषधि)रुपन्देहीका क्षेत्रीय प्रबन्धकमा कार्यरत उनी हाल नयाँ कर्मथलो काठमाडौँ सरुवा भएर जान लागेका बिस्टलाई बिदाइ गरिएको हो । बिस्टलाई खादा अबिर लगाएर बिदाइ गरिएको थियो ।
बिदाइ कार्यक्रममा बोल्दै सुदूर पश्चिम सम्पर्क समाज लुम्बिनीका अध्यक्ष प्रमानन्द पन्तले समाजमा पुर्याएको योगदान प्रशंसा गरे ।उनले समाजले यस क्षेत्रमा उपस्थिति देखाउने खालका कार्यक्रमहरू गर्न थालेको बताए ।
कार्यक्रममा उपाध्यक्ष उद्धव सिंह बिस्ट, सचिव धिर बहादुर कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।
बिदाइ भई जान लागेका तारा सिंह विष्ट सुदूर पश्चिम सम्पर्क समाज लुम्बिनीमा काम गर्दाका अनुभवहरू प्रस्तुत गरेका थिए । उनले संस्थाको हितमा कामहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।




