२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पशुपति कोटिहोमस्थल रातभर जाग्रामः प्रहरी प्रवेशपछि बितण्डा, पत्रकार पनि कुटिए

पशुपति कोटिहोमस्थल रातभर जाग्रामः प्रहरी प्रवेशपछि बितण्डा, पत्रकार पनि कुटिए

पशुपति कोटिहोमस्थल रातभर जाग्रामः प्रहरी प्रवेशपछि बितण्डा, पत्रकार पनि कुटिए

पशुपति कोटिहोमस्थल रातभर जाग्रामः प्रहरी प्रवेशपछि बितण्डा, पत्रकार पनि कुटिए

पशुपति कोटिहोमस्थल रातभर जाग्रामः प्रहरी प्रवेशपछि बितण्डा, पत्रकार पनि कुटिए
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १ २०८१
शनिवार, भाद्र १ २०८१
  • काठमाडौं । एक महिनासम्म शान्तिपूर्णरुपमा सञ्चालन भएको पशुपति कोटिहोममा समापनको रात हंगामा भएको छ । राति १० बजेतिर कोटीहोमस्थलमा अचानक प्रहरी प्रवेश गरेपछि तनाव सुरु भएको थियो ।

    कोटीहोमका मुख्य आयोजक तथा संकल्पकर्ता विजय भण्डारीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरको टोली परिचालन भएको हो । त्यसबखत कोटीहोमस्थलभित्र सयौंको संख्यामा भण्डारीका समर्थक र भक्तजन थिए । प्रहरीले पक्राउ पूर्जि बिना भण्डारीलाई नियन्त्रणमा लिन खोजेपछि समर्थकहरु उत्तेजित बने । अप्रिय अवस्थाको सिर्जना भयो ।

    निकै बेरसम्म प्रहरी र समर्थकबीच घम्साघम्सी चलेको थियो । प्रहरीले केही भक्तजनलाई बल प्रयोग गरेर घाइते बनाएको आयोजक पक्षको दावी छ । साथै, भण्डारीका समर्थकले पनि प्रहरीमाथि हातपात गरेका थिए ।


    आफ्ना समर्थकको घेरामा रहेका भण्डारीले उत्तेजक अभिव्यक्ति दिए । उनले पशुपति मन्दिर अब रणभूमि बन्ने बताएका थिए । नेपालको हालत श्रीलंका र बंगलादेशजस्तो बनाइदिने चेतावनी पनि दिए ।

    प्रहरीले पक्राउ गर्न खोजेपछि उनले आफू समर्थित पत्रकारको खोजी गरेका थिए ।

    ‘हाम्रो कन्ट्र्याक्टका पत्रकार कहाँ छन् ?’ भन्दै उनले आक्रोश व्यक्त गरेको लाइभ भिडिओमा सुनिन्छ । कोटिहोमको प्रचारप्रसारका लागि भण्डारीले केही युट्यूबर र पत्रकार भाडामा लिएका थिए । तर, अचानक घटना भएको हुँदा उनीहरु घटनास्थल पुग्न भ्याएका थिएनन् ।  इन्द्रेणीका सञ्चालक  कृष्ण कँडेल  दाैडादाैड गरेर घटनास्थल पुगे । उनले भण्डारीकाे समर्थनमा भाषण पनि गरे ।

     

    भण्डारीको फेसबुक पेजबाटै घटनाको सबै लाइभ गरिएको थियो ।

    समर्थकले निरन्तर नारावाजी र अवरोध गरेपछि प्रहरी टोली फिर्ता हुन बाध्य भए । तर, त्यसपछि पनि तनाव रोकिएन । भण्डारी र उनका समर्थकले कोटीहोमको मञ्चमा उभिएर चर्का चर्का भाषणहरु गरे । उनीहरुले प्रहरी र सरकारलाई लल्कारे ।

    मध्यराततिर फेरि एकपटक झडप भयो । एक ‘आलोचक’ ले आयोजक भण्डारीलाई महायज्ञको हिसाब गर्न माग गरेपछि भण्डारीका समर्थकले ‘भिजिलान्ते’ भन्दै उनीमाथि खनिएका थिए । ती आलोचकमाथि पनि लाठी प्रहार समेत भयो ।

    यसैगरि एक पत्रकारमाथि पनि भण्डारीका समर्थक जाइलागे । नेपाल भ्यूजका पत्रकार श्यामसुन्दर पुडासैनीले उत्तेजित माहोलका बीच केही कडा प्रश्नहरु भण्डारीका समर्थकलाई तेस्र्याएका थिए । त्यसपछि उनी निशानामा परे । उनलाई मञ्चमै बोलाएर उपहासपूर्वक दुवोको माला लगाइयो । मञ्चबाट झरेपछि आफूलाई घेरेर कुटिएको तथा हेल्मेट, पर्स लुटिएको उनले बताएका छन् ।

    प्रहरीले किन रातारात भण्डारीलाई पक्राउ गर्न खोज्यो भन्ने स्पष्ट भइसकेको छैन । काठमाडाैं प्रहरी प्रमुख बसन्त रजौरेले भण्डारीलाई सोधपुछ मात्र गर्न खोजिएको दावी गरेका छन् । तर, कोटीहोम समाप्त भइसकेको स्थितिमा अर्को बिहान पनि नपर्खिनुले प्रहरीले पक्राउ गर्न खोजेको अनुमान गर्न सकिन्छ । यद्यपि प्रहरी सित पक्राउ पूर्जि थिएन ।

    भण्डारीमाथि ठगीका आरोपहरु छन् । उनले विगतमा अमेरिका पठाइदिने भन्दै मानिसहरुसँग पैसा उठाएका थिए । यो विषयमा परेको मुद्दामा दोषी प्रमाणीत भएर उनले जेल सजाय भुक्तान समेत गरेका छन् ।

    तर, तीन महिना अगाडि मात्रै भण्डारीले प्रहरी प्रधान कार्यालयको लेटरहेडमा आफ्नो चरित्रको प्रमाणपत्र लिएका छन् । अपराधिक पृष्ठभूमि लुकाएर यो प्रमाणपत्र कसरी हासिल गरे भन्ने शंकाष्पद देखिएको छ । यसै विषयमा सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिन खोजेको रजौरेले दावी गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij