२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

यो वर्षको रक्षाबन्धनको बारेमा बिबाद, यस्तो भन्छ  पञ्चाङ्ग

यो वर्षको रक्षाबन्धनको बारेमा बिबाद, यस्तो भन्छ  पञ्चाङ्ग

यो वर्षको रक्षाबन्धनको बारेमा बिबाद, यस्तो भन्छ  पञ्चाङ्ग

यो वर्षको रक्षाबन्धनको बारेमा बिबाद, यस्तो भन्छ  पञ्चाङ्ग

यो वर्षको रक्षाबन्धनको बारेमा बिबाद, यस्तो भन्छ  पञ्चाङ्ग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १ २०८१
शनिवार, भाद्र १ २०८१
  • बुटवल । यहि भदौ ३ गते सोमवार श्रवणशुक्ल पूर्णिमाका दिन गरिने गणस्नान, उपाकर्म नूतन यज्ञोपवीतधारण, ऋषितर्पणी एवं रक्षाबन्धन आदि गर्न नहुने भन्दै समाजिक सञ्जालमा विभिन्न टीका टिप्पणी आएका छन।


    सामाजिक सञ्जालमा टीका टिप्पणी आउँदा सर्वसाधारण झुक्किएको भन्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कृत्यहरूको काल सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा उठेका तर्कहरूले सर्वसाधारण जनतामा भ्रम पैदा भैरहेको र जनगुनासाहरू टेलिफोनमार्फत् समितिमा प्राप्त भैरहेको हुँदा यसविषयमा समितिको ध्यान आकृष्ट भएको जनाएको छ।

    समितीले एक बिज्ञप्ती जारी गर्दै भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४७ घद्धि १९ पला रहेको  र घण्टा मिनेटअनुसार त्यस दिन दिउसो १/३१ बजेसम्म भद्रा परेको जनाएको छ। 


    यो समयमा अन्य कर्म गर्न भएपनि भद्राभित्र रक्षाबन्धनलगायत जनैपूर्णिमा सम्बन्धी कर्म गर्न मिल्छ कि मिल्दैन भन्ने नै मुख्य प्रश्न रहेको देखिएको भन्दै भद्रामा आवणीसम्बन्धी काम र होलिकादहनको काम गरेमा आवणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं शहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख भएको जनार्को छ। 


    विशिष्ट व्यक्तिहरूले मात्र भद्रा कटाई उक्त दिन १ बजेर ३१ मिनेट बितेपछि रक्षाबन्धनको कर्म गर्नु उचित देखिएको र यस बीचमा गणस्नान आदि उपाकर्मका समस्त कर्म र रक्षाबन्धनको पनि पूजनादि गर्न हुने तर रक्षा सूत्रमात्र पूर्वोक्त व्यक्तित्वहरूले बाँध्न नहुने हुँदा भद्रापछि बाध्नु उचित हुने शास्त्रीय व्यवस्था र परम्परा पनि रहेको देखिएको जनाईएको छ। 


    बिज्ञप्तीमा अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, धर्मशास्त्र प्रमुख प्रा.डा. देवमणि भट्टराई र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले हस्ताक्षर गरेका छन। 

     

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij