बुटवल । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शनिबारसम्म १ सय ८१ जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढी, पहिरो लगायतका विपद्मा परी लुम्बिनी प्रदेशमा ३५ जनाको मृत्यु भएको हो । साथै लुम्बिनी प्रदेशमा १५ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशमा ३ जनाको उद्दार गरिएको छ । भने १ जना बेपत्ता भएका छन।




