२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘राष्ट्रप्रेमी’ बस्यालद्वारा बृद्ध–बृद्धालाई भोजनदान

‘राष्ट्रप्रेमी’ बस्यालद्वारा बृद्ध–बृद्धालाई भोजनदान

‘राष्ट्रप्रेमी’ बस्यालद्वारा बृद्ध–बृद्धालाई भोजनदान

‘राष्ट्रप्रेमी’ बस्यालद्वारा बृद्ध–बृद्धालाई भोजनदान

‘राष्ट्रप्रेमी’ बस्यालद्वारा बृद्ध–बृद्धालाई भोजनदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र १ २०८१
शनिवार, भाद्र १ २०८१
  • बुटवल । पाल्पाका सामाजिक अभियान्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ले  बुटवलस्थित सिद्दबाबा दुर्गा भवानी शिवकुमारी सैंजु बृद्ध आश्रममा रहेका बृद्ध,बृद्धालाई भोजन दान र खाद्यान्न तथा तरकारी हस्तान्तरण गरेका छन् । 

    कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै दैनिक लुम्बिनीका सह–सम्पादक टिआर शर्माले युवाको अगुवाईमा भएका यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन हुने र मानवीय सेवा प्रति सबैलाई प्रेरित गर्न ठूलो भुमिका रहने बताए ।

    कलिलो उमेरबाटै सामाजिक कार्यमा लागेका बस्यालको  कार्यको सबैले अनुशरण गर्नुपर्ने शर्माले  बताए । बस्यालले  एक घर एक लालीगुंरास अभियान समेत चलाउंदै आएका छन् । 


     बस्यालले आफू निरन्तर समाजसेवामा जोडिएको र यस्ता कार्यक्रमले आनन्द मिल्ने बताउंदै होटेल, रेष्टुरेन्टमा एक महिना अगाडि नै दर खाने कार्यक्रमले तिजको वास्तविक महत्त्व नै ओझेलमा परेको र यी पर्वलाई सामाजिक क्षेत्रमा जोड्दै जानु आजको  आवस्यकतामा रहेको बताए ।

    कार्यक्रममा बुटवलका विभिन्न संघ संस्थामा आबद्ध युवा र विद्यार्थीहरुको सहकार्य रहेको सञ्चारकर्मी बिपिन पाण्डेले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij