२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनी सहित तीन प्रदेशमा ठूलो वर्षा : नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • बुटवल । पछिल्लो ६ घण्टामा बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबैजसो ठाउँमा ठूलो पानी परेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार गोरखाको आरुघाटमा रहेको मापन केन्द्रमा ६ घण्टामै १ सय ८ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।

    यस्तै नुवाकोट, दैलेख, रोल्पा, दाङ, कपिलवस्तु, पाल्पा, पर्सा लगायतका जिल्लामा पनि अति ठूलो पानी परेको छ ।

    पछिल्लो एक घण्टामा भने बागमती प्रदेशमा वर्षा कम भएर गण्डकी, लुम्बिनी हुँदै पश्चिम तराईमा पानी परिरहेको छ । ठूलो पानी परेसँगै विभिन्न नदी तथा खोलामा बाढीको जोखिम बढेको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ ।

    महाशाखाले सूचना निकालेर काठमाण्डौ उपत्यकाका नदीसहित दैलेख, प्यूठान, कपिलवस्तु, गोरखा, पाल्पा, सिन्धुपाल्चोकका जिल्लामा रहेका साना तथा ठूला नदी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।

    आज दिउँसो पनि गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij