२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवाबाट रकम उठाएर एक दम्पत्ति फरार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवाबाट रकम उठाएर एक दम्पत्ति फरार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवाबाट रकम उठाएर एक दम्पत्ति फरार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवाबाट रकम उठाएर एक दम्पत्ति फरार

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवाबाट रकम उठाएर एक दम्पत्ति फरार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • बुटवल । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवासँग रकम उठाएका सर्लाही लालबन्दी नगरपालिका वडा–८ का पदमबहादुर गोले र उनकी श्रीमती जुली श्रेष्ठ फरार भएका छन् । पीडित युवाले गोले दम्पत्तिले एक करोड १७ लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेर फरार भएको बताएका छन् ।

    विभिन्न देशमा राम्रो रोजगारीमा पठाइदिने भन्दै एकै व्यक्तिसँग नौ लाख रुपैयाभन्दा धेरै रकम लिएको पीडितमध्येका एक मिलनकुमार चौधरीको गुनासो छ । गोले दम्पती मिलेर तराईका पाँच वटा जिल्लाका ६५ जनाभन्दा धेरै युवासँग रकम असुली गरेको पीडितको दाबी छ ।

    गोले दम्पतीले सर्लाही, महोत्तरी, रौतहट, धनुषा र सुनसरीका युवालाई विभिन्न देशमा रोजगारीका लागि राम्रो अवसर आएकाले त्यसका लागि आवश्यक कागजातसमेत तयारी गर्नु भनेको उनीहरुको भनाइ छ । ‘कुवेतमा राम्रो काममा आएको छ, घरभित्रकै डेकोरेसनको काम हो । मासिक ५७ हजार रुपैयाँसम्म कमाई हुन्छ, पैसा चाँडै जम्मा गरे लगत्तै भिषा आउँछ’ भनेपछि आफूले ऋण खोजेर नौ लाख १० हजार रुपैयाँ बुझाएको पीडित युवा समिर कुश्वारले बताए ।

    रोजगारीका लागि कुवेत जान समुहमा बनाएर मान्छे खोज्न लगाएको पीडित युवाले बताएका छन् । आफूले १२/३ जना साथीको पैसा जम्मा गरेर लालबन्दी—७ मा रहेको सिरा सेक्युरिटीमा लगेर गोलेलाई पैसा  जम्मा गरिदिएको कुश्वारको दाबी छ । रकम लिएको डेढ वर्ष बित्दासमेत रोजगारीमा पठाउने अवस्था नरहेपछि रकम फिर्ता गराईदिन गएको माघमा ईलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएको अर्का पीडित युवाको भनाइ छ ।

    प्रहरीमा उजुरी दिएको लामो समय भइसक्दा पनि गोले दम्पत्तिलाई प्रहरीले पक्राउ गर्न नसकेको पीडितले गुनासो गरेका छन् । यसअघि पीडितले  नै  गोलेलाई पक्राउ गरेर प्रहरीमा बुझाएका थिए । तर तीन महिना भित्र लिएको सबै पैसा फिर्ता गर्ने सर्तमा कपालि तमसुक गरेपछि उनी प्रहरीबाट छुटेका थिए ।

    उनले मिलन चौधरीलाई पाँच लाख र समिर कुश्वारलाई नौ लाख १० हजारको बैंक चेक पनि दिएका थिए । तर बैंकमा पैसा निकाल्न जाँदा रकम नभएको थाहा पाएपछि गोलेलाई खोज्न उनीहरू घरमा पुगेका र उनी श्रीमतीसहित फरार भएको चौधरीले बताए ।

    देशिक रोजगारीमा पठाइदिने नाममा गोलेले मिलन कुमार चौधरीसँग पाँच लाख, समिर कुश्वारसँग नौ लाख १० हजार, रौतहटका युवाबाट २० लाख ६० हजार रकम असुली गरेको कपाली तमसुकबाट देखिन्छ । त्यस्तै महोत्तरी, रौतहट, धनुषा र सुनसरीका युवाबाट पनि रकम ठगी गरेको पीडितको दाबी छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij