२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पहिरोले अवरुद्ध गुल्मीको तम्घास–रिडी तथा रिडी वामीटक्सार सडक अझै सञ्चालनमा आउन सकेन

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • बुटवल । तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    त्यसैगरी तम्घास‐रिडी सडक अन्तरगत रुरुक्षेत्र गाउँपालिका–१ को रिडी–खज्र्याङ् सडक र तम्घास‐रिडी सडकअन्तर्गत रातामाटामा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि गएरातिदेखि सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ उर्लीखोला नजिकै डहरेखोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध छ ।

    सडक अवरुद्ध हुँदा सदरमुकाम तम्घास र वामीटक्सारदेखि बुटवल‐काठमाण्डौसम्म जाने लामो तथा छोटोदुरीका गाडी बीचबाटोमै अलपत्र परेका छन् ।

    सडक खुलाउन पालिका र प्रशासनले पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij