२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

स्त्री-२ को बक्स अफिसमा बम्पर कमाई

स्त्री-२ को बक्स अफिसमा बम्पर कमाई

स्त्री-२ को बक्स अफिसमा बम्पर कमाई

स्त्री-२ को बक्स अफिसमा बम्पर कमाई

स्त्री-२ को बक्स अफिसमा बम्पर कमाई
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको तेस्रो दिन शनिबार मात्र ४५ करोड ७० लाख कमाई गरेको छ ।

    फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म १४५।८० करोड कमाई गरिसकेको छ । 

    फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९।४० करोड कमाई गरेको थियो ।
    त्यस्तै फिल्मले शुक्रबार ३५।३० करोड कमाएको थियो ।

    आइतबार र सोमबार पनि बिदा भएकाले फिल्म सोमबारपछि ३०० करोडको नजिक पुग्ने अनुमान गरिएको छ ।

    करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ । 

    अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij