२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अवैध लागूऔषधसहित चार जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ

अवैध लागूऔषधसहित चार जना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ गरेको छ । 

    जसमा कञ्चनपुर, भिमदत्त नगरपालिका-३ भाँसिस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलोग्राम र नगद १२ हजार ९ सय ३० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने ५३ वर्षीय शिवराज भट्ट र बेदकोट नगरपालिका-३ बस्ने ३७ वर्षीय सुरेश सुनार रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१८ भाटभटेनीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मोहित दिन बेहना र २४ वर्षीय अर्जुन चमार रहेका छन् । अस्थायी प्रहरी बिट सिद्धार्थ भ्यू र लागू औषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे।१ प ८६६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij