२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रोटरी तिलोत्तमा रुपन्देहीको रक्तदान, ८२ युनिट रगत संकलन

रोटरी तिलोत्तमा रुपन्देहीको रक्तदान, ८२ युनिट रगत संकलन

रोटरी तिलोत्तमा रुपन्देहीको रक्तदान, ८२ युनिट रगत संकलन

रोटरी तिलोत्तमा रुपन्देहीको रक्तदान, ८२ युनिट रगत संकलन

रोटरी तिलोत्तमा रुपन्देहीको रक्तदान, ८२ युनिट रगत संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र २ २०८१
आइतवार, भाद्र २ २०८१
  • बुटवल । रोटरी क्लव अफ तिलात्तमा रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुटवल स्थित रक्तसंचार केन्द्रको भवनमा सम्पन्न भएको रक्तदान कार्यक्रमा ८२ युनिट रगत संकलन भएको कार्यक्रम संयाजक भगवति अर्यालले जानकारी दिइन् । 
    पछिल्लो समय रगत अभावका समाचारहरु विभिन्न सञ्चार माध्यममा आए सँगै क्लवले रक्तदान कार्यक्रमको आयोजना गरेको उनले बताईन् । 


    रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको आयोजना तथा रोट्रयाक क्लव अफ तिलोत्तमा देवदह, तिलोत्तमा रुपन्देही र तिलोत्तमा शुद्धोधनको सहआयोजनामा भएको रक्तदान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले पछिल्लो समय रगत अभावका कुराहरु सून्न आएको भन्दै रगत अभाव हनु नदिनको लागी घर भित्र बाट नै रक्तदानको महत्वको बिषयमा जानकारी दिन पर्ने बताइन् । 


    उनले १७ बर्षको उमेर पुरा गरे सँगै रक्तदान गर्न सकिने भएपनि परिवारमा रक्तदानको बिषयमा जानकारी दिन नसक्दा बेला बेला रगत अभावका समाचारहरु आई रहेको बताउदै परिवारका अन्य सदस्लाई पनी रक्तदानको महत्वको बिषयमा बुझाउन सके रगतको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताईन् । 


    कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय महासचिव एव रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले समाजमा जान्ने बुझ्ने बन्ने र रक्तदान भने पछि पछि हट्ने बर्गका कारण रगतको सहज व्यवस्थापन गर्न गाह्रो भएको बताए ।उनले रुपन्देहीमा दैनिक १२० युनिटको हाराहारीमा रगतको माग रहेको बताउदै अहिले हुने रक्तदान कार्यक्रमले पर्याप्त रुपमा रगतको माग धान्न मुस्किल पर्ने गरेको बताए । 


    उनले नियमित रुपमा सबैले ९० दिन पछि स्वस्फुर्त रुपमा रक्तदान गर्ने बानिको बिकास गर्न सकेमा रगत अभावलाई कम गर्न सकिने बताए । क्लवको ६४४औ नियमित बैठक सँगै आयोजीत रक्तदान कार्यक्रम क्लवका अध्यक्ष देवीराम पाण्डेको अध्यक्षतामा भएको थियो । 


    कार्यक्रममा क्लवका पुर्व अध्यक्ष एव रोटरी डिष्ट्रिकका सह-सचिव कृष्ण प्रसाद शर्मा, सस्थापक अध्यक्ष डोलराज गैरे, सचिव अर्जुन प्रसाद आचार्य लगायतले बोलेका थिए । यसैबिच क्लवले रक्तसंचार भवनमा रत्तदान सम्बन्धी विभिन्न सचेतना सामाग्री समेत वितरण गरेको छ । रक्तदान सँग सम्बन्धीत विभिन्न प्लेकार्डहरु क्ल्वले सो अवसरमा प्रदान गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij