बुटवल । नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा विद्यालयका असल अभ्यास साझेदारी कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
पूर्व उपप्रधान,सहकारी तथा गरिबी निवारण मन्त्री एवं प्रतिनिधि सभा सदस्य चित्र बहादुर के.सी.ले देशको शिक्षा नीतिमा तत्काल सुधार गर्नपर्ने आजका विद्यार्थी भोलिका कणर्ाधार भएकोले विदेश पलायन नभई पठनपाठन र सामाजिक क्षेत्रमा सक्रिय रूपमा लाग्न विद्यार्थीहरूलाई आग्रह गरे ।
प्रकृतिले सुन्दर देश नेपाल भएको, देशमा धेरै सम्भावना भएकोले देशलाई माया गर्न विद्यार्थीहरूलाई सुझाव दिँदै विद्यालयको भौतिक पूर्वाधार शिक्षक तथा कर्मचारीका समस्याका बारेमा संसदमा र मन्त्रालयमा जोडदार आवाज उठाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयले विद्यालयको समग्र सुधारको लागि अपनाइएका असल शैक्षिक अभ्यास, भौतिक ,व्यवस्थापकीय, आर्थिक ,शैक्षिक ,खेलकुद, अतिरिक्त क्रियाकलाप समुदायसँगको सम्बन्ध लगायतका विषयहरू प्रस्तुत गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा विज्ञान समूह कक्षा १२ कि छात्रा कविता सोमैको सञ्चालनमा कार्यक्रम भएको थियो ।
विद्यालयमा हाल विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समूह अध्यापन हुने गर्छ शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत अनुसन्धान तथा गुणस्तर सुधार शाखाबाट असल अभ्यास संकलन, प्रकाशन र प्रविधिकरणमा विद्यालय छनोट भएको छ ।




