२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेकपा परित्याग गरी राज्यसमिति सदस्य माओवादी केन्द्र प्रवेश

मगर राेल्पामा रहेर सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछन् ।
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • राेल्पा । नेपाल कम्युनिष्ट पार्टीका राज्य समिति सदस्य कमल थापा ‘विजुली’ नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।

    सोमबार रोल्पाको लिबाङमा आयोजित कार्यक्रममा थापालाई नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले पार्टी प्रवेश गराएका हुन् ।

    सुनिलस्मृति गाउँपालिका गजुल निवासी थापा जनयुद्धकालदेखि माओवादीमा क्रियाशील व्यक्ति हुन् । माओवादी प्रवेशपछि बोल्दै थापाले दशवर्षपछि आफ्नो घरमा फर्किएको महसुस गरेको बताए ।

    ‘पार्टीलाई चौतर्फी आक्रमण भइरहेका बेला माओवादी पृष्ठभूमिका सबै पार्टीहरु एकढिक्का बन्नुपर्छ’ उनले भने, ‘आगामी ८४ को चुनावलाई टार्गेट बनाएर जानुपर्छ, त्यसका लागि सबै एकीकृत बन्नुपर्छ ।’

    उनले माओवादी केन्द्रभित्र संकिर्ण सोँच अलि बढि भएको बताउँदै नेतृत्वले कार्यकर्तालाई संकिर्ण घेराबाट र कार्यकर्ताले नेतालाई चाप्लुसीको हिसाबले हेर्दा संगठन बलियो नबन्ने बताए ।

    तर माओवादी केन्द्रकै कारण मुलुकमा आमूल परिवर्तन भएको र त्यसको रक्षा र विकासका लागि पनि माओवादी केन्द्रमा एकीकृत हुनुपर्ने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij