२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बाँके जंगलमा ईभी गाडी पल्टिँदा ६ जना घाईते

बाँके जंगलमा ईभी गाडी पल्टिँदा ६ जना घाईते

बाँके जंगलमा ईभी गाडी पल्टिँदा ६ जना घाईते

बाँके जंगलमा ईभी गाडी पल्टिँदा ६ जना घाईते

बाँके जंगलमा ईभी गाडी पल्टिँदा ६ जना घाईते
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • बुटवल । काठमाडौँबाट सर्लाहीको गोडैतातर्फ जाँदै गरेको ईभी गाडी पल्टँदा ६ जना यात्रु घाइते भएका छन् ।


    ईश्वरपुर नगरपालिका–१२ बाँके जंगलखण्ड स्थित अमुवापूल नजिकै महेन्द्र राजमार्गबाट बा.प्र.–०६–००१ ज ००६६ नम्बरको  ईभी गाडी सोमबार बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।

    आफै अनियन्त्रित भई राजमार्गको दाहिने साइडमा पल्टिन जाँदा  ईभी गाडीका चालक सहित १२ जना सवार मध्ये ६ जना यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेहरूमा गोडैता नगरपालिका–९ बकैनिया निवासी २८ वर्षीय सरोज कुमार चौधरी, २४ वर्षीय सुशील कुमार चौधरी, २३ वर्षीय चुनचुन महतो,२६ वर्षीय रामजी पासवान, १९ वर्षीय सुमन महतो र गोडैता–२ निवासी २७ वर्षीय नवीन महतो रहेका छन् ।

     

    घाइतेहरूको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हायस चालक कबिलासि नगरपालिका–८ पुलिस चौकी टोल निवासी ३३ वर्षीय प्रमोद महतोलाई मापसे परीक्षण गर्दा फेला नपरेको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij