२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रदेश सरकार समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको लक्ष्यलाई पुरा गर्न प्रतिबद्ध छः मुख्यमन्त्री आचार्य

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार विकास, समृद्धि र सुशासन प्रबद्र्धनलाई केन्द्रमा राखेर समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीको लक्ष्यलाई पुरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

    जनै पूर्णिमा(रक्षाबन्धन) को अवसरमा शुभकामना दिदै मुख्यमन्त्री आचार्यले प्रदेशको विकास र समृद्धिको माध्यमबाट राष्ट्र निर्माणको महा अभियानलाई सफल बनाउन सकिने बताएका हुन । 

    455707229_1679793046153887_8605286525586984461_n.jpg

    यस्तै जनै पूर्णिमाको महत्व र परम्परालाई समाज रुपान्तरणको अभियान संग पनि जोड्न आग्रह गरेका छन् ।

    सोमवार ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र, नेपाल शाखा कार्यालय लमहीमा रक्षाबन्धन कार्यक्रममा मुख्यमन्त्री आचार्यले सामाजिक सद्भाव र राष्ट्रिय एकताको लागि जनैपूर्णीमाले महत्वपूर्ण योग्दान दिएको चर्चा गरे ।

    सामाजिक विकृती, विसंगति अन्त्यका लागि समाज रुपान्तरण गर्ने अभियानमा प्रदेश सरकारको साथ रहेको स्पष्ट पारे ।

    ‘उहाँहरु पनि सामाजिक विकृति, विसंगतीको विरुद्धमा हुनुहुन्छ । समाज रुपान्तरणको अभियानमा हुनुहुन्छ । प्रदेश सरकार पनि सामाजिक विकृति, विसंगतिको विरुद्धमा संगै रहेको जानकारी गराउन चाहन्छु’उनले भने,‘समाज परिवर्तनको निमित्त हामी पनि अघि बढीरहेका छौं । यो अभियानमा हामी सहकार्य गर्ने छौं ।’

    455153541_1161710618256505_1091777982165715693_n.jpg

    साथै मुख्यमन्त्री आचार्यले आफु बिरामी पर्दा ब्रह्माकुमारी संस्थाको तर्फबाट साथ, सहयोग र सदभाव पाएको धारणा राख्दै भावुक समेत भए ।

    रक्षाबन्धन कार्यक्रममा लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल समेत उपस्थित थिए । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय लमहीका प्रमुख इन्दिरा पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण आनन्द योगीले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij