२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण बन्यो- गृहमन्त्री लेखक -भिडियो सहित

निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण बन्यो- गृहमन्त्री लेखक -भिडियो सहित

निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण बन्यो- गृहमन्त्री लेखक -भिडियो सहित

निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण बन्यो- गृहमन्त्री लेखक -भिडियो सहित

निराशालाई आशामा बदल्न कांग्रेस र एमालेको समीकरण बन्यो- गृहमन्त्री लेखक -भिडियो सहित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३ २०८१
सोमवार, भाद्र ३ २०८१
  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन् । 

    सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चौपतो नेपालद्वारा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य गोष्ठीमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

    मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएपनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उनले बताए ।

     

     

    समीकरण बन्ने र भत्किने क्रम चल्यो । सरकारको अस्थिरताको सबै क्षेत्रमा प्रभाव देखा पर्यो । मुलुकको आर्थिक विकास र सुशासनको क्षेत्रमा विधिको शासनलाई अगाडि बढाउन समस्या देखियो । राजनीति अस्थिरता कारणले उत्पन्न समस्याले मुलुकमा निराशा बढायो । त्यो निराशालाई आशामा बदल्नका स्थिर सरकार आवश्यक भयो, उनले भने । 

    शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र मर्यादित रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको उनले बताए । 

    उनले राजनीति स्थिरता र आर्थिक समृद्धिमा अगाडि बढ्नका लागि केही महत्त्वपूर्ण उद्देश लिएर यो सरकार गठन भएको बताए । सामान्यतया संसदमा रहेको ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वभाविक देखिँदैन । कतिपय अवस्थामा स्वभाविक मानिँदैन, गृहमन्त्री लेखकले भने, तर, मुलुकमा महत्त्वपूर्ण एजेन्डा अगाडि आउछन्। त्यसको कार्यसम्पादन गर्नुपर्ने हुन्छ । राष्ट्रका साझा कार्यभार सम्बोधन गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा यो देशका ठूला पार्टीहरु एक ठाउँमा उभिएको हाम्रो विगतको अनुभव छ ।

    संविधान संशोधनको विषयलाई एजेन्डा बनाएको भन्दै संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी समानुपातिक सहभागितालाई थप सुदृढ गर्नका लागि हुने बताए ।  

    सरकार बनेको एक महिनामा १८ वर्षसम्म रुमलिएको संक्रमणकालीन न्याय सम्बन्धि कानुनलाई प्रतिनिधिसभाले पारित गरिसकेको भन्दै चाँडै संक्रमणकालीन न्यायको विषय लाई सम्बोधन गरिने गृहमन्त्री लेखकले बताए । 

    सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न ३-४ महिनाभित्र तिंकरमा अध्यागमन कार्यालय स्थापन गर्ने  गृहमन्त्री लेखकले बताए । 

    महाकाली करिडोर, सेती लोकमार्ग  लगायतका महत्त्वपूर्ण परियोजना अगाडि बढाएर मित्र राष्ट्र भारतसँग चीनसँग पनि जोड्ने उनको भनाइ थियो । यसका लागि ३-४ महिनामा तिंकर नाकामा अध्यागमनको कार्यालय स्थापना गरि तेस्रो मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटो अगाडि बढाउने योजना अगाडि सारेको छु । सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्ने छौँ । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने छ, उनले भने ।  

    कार्यक्रममा सुदूरपश्चिमको भूमिसँग जोडिएका प्रतिभालाई सम्मान गरेको थियो । सुदूरपश्चिमको भाषामा अमुल्य योगदान दिने आरडि प्रभाष चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा पुर्‍याएको योगदानको लागि विजया श्रेष्ठ केसी, नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक भलिबल क्षेत्रमा पुर्‍याएको योगदानका लागि जगदीश भट्ट, नेपाली शास्त्रीय  गीत संगीतका क्षेत्रमा पुर्‍याएको योगदानका  लागी गायक तिलकसिंह पेला, सुदुरपश्चिमको भाषामा अमुल्य योगदान दिने डम्बर शर्मा बडु, नेपालको प्रशासन क्षेत्रमा योगदान पुर्‍याएका डा। हरिदत्त पाण्डेय  र साहित्य क्षेत्रमा पुर्‍यएको योगदानका लागि साहित्यकार हेमबाबु लेखकलाई सम्मान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij