२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीका मुख्यन्त्री आचार्यले आज विश्वासको मत लिंदै

लुम्बिनीका मुख्यन्त्री आचार्यले आज विश्वासको मत लिंदै

लुम्बिनीका मुख्यन्त्री आचार्यले आज विश्वासको मत लिंदै

लुम्बिनीका मुख्यन्त्री आचार्यले आज विश्वासको मत लिंदै

लुम्बिनीका मुख्यन्त्री आचार्यले आज विश्वासको मत लिंदै
दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • दाङ । साउन ७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएका एमाले संसदीय दल नेता चेतनारायण आचार्यले मंगलबार बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिदैछन् । चौथो अधिवेसनको २५ औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन थालेका हुन । 


    कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले मंगलबार ढुक्कले विश्वासको मत पाउने भएका छन् । उनलाई साना राजनीतिक दलले समेत विश्वासको मत दिने छन् ।
    ‘प्रदेश सभामा रहेका बढी भन्दा बढी राजनीतिक दल र सांसदको समर्थन जुटाउनेगरी तयारी छ’एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले भने,‘दुई ठूला राजनीतिक दलको विचमा सहकार्य हुदा विश्वासको मतको लागी धेरै कसरनै गर्नु नपर्ने अवस्था छ ।’


    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले हृवीप जारी गरेका छन् । 
    मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन कांग्रेस-एमालेसहित साना दलको ह्वीप लगाएका हुन । एमालेले विश्वासको मत दिन सांसदहरुलाई ह्वीप लगाएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए । यस्तै कांग्रेस दल नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि विश्वासको मतको पक्षमा मतदान गर्न उपस्थित हुन सबै सांसदलाई हृवीप लगएका छन् । 


    सरकारलाई समर्थन गरेका जनमत पाटीका दल नेता चन्द्रकेश गुप्ता, लोकतान्त्रिक समाजवादी पाटीका दल नेता सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने र सांसदलाई हृवीप जारी गरेको जानकारी दिए ।
     प्रदेश सभामा सहभागी १२ वटा राजनीतिक दल मध्य साना राजनीतिक दलले समेत मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने योजना बनाएका छन् ।


     सरकारलाई जसपा २, जसपा नेपाल १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् । लुम्बिनी प्रदेशसभामा विपक्षमा माओवादी १०, राप्रपा ४, नेकपा एस, राजमो र स्वतन्त्र १/१ गरी १७ सदस्य रहेका छन् । विपक्षमा रहेकाहरुको समेत मत लिनेगरी सत्तासाझेदार दल भित्र तयारी छ ।


     ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।
     मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार मंगलबार दिउँसो १ बजे लुम्बिनी प्रदेशसभामा आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । सभामुख तुलाराम घर्तीमगरले बैठक समेत आह्वान गरिसकेका छन् । एमाले दलका उपनेता भएको बेला आचार्य मुख्यमन्त्री बनेका थिए । 


    दल नेता लिला गिरीले साउन ७ गते नै राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीको सम्पर्क कार्यालय बुटवलमा एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालसहितको एमाले संसदीय दलको बैठकमा गिरीले राजीनामा दिएको रिक्त दल नेतामा आचार्यलाई सर्वसम्मत रुपमा चयन गरिएको थियो ।


    शंकर पोखरेल मुख्यमन्त्री भएका बेला पहिलो पटक मन्त्री बनेका आचार्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका थिए । करिब एक महिना मात्र मन्त्री बनेका आचार्य दोस्रो पटक लीला गिरीको नेतृत्वमा खानेपानी तथा सहरी विकास मन्त्री बनेका थिए । 


    दोस्रो कार्यकाल पनि लामो समय मन्त्री बन्न नपाएका आचार्य गत चैत्र २५ गते जोख बहादुर महराको नेतृत्वमा आन्तरिक मामिला तथा योजना मन्त्री बने । पछिल्लो समय करिब तीन  महिना मन्त्री सम्हालेका उनले चौथो पटक भने मुख्यमन्त्रीकै जिम्मेवारी प्राप्त गर्न सफल भएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij