२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बेलबास दुर्घटना : स्कुटरमा सवार सुष्माको मृत्यु, ठक्कर दिने मोटरसाइकल फरार

बेलबास दुर्घटना : स्कुटरमा सवार सुष्माको मृत्यु, ठक्कर दिने मोटरसाइकल फरार

बेलबास दुर्घटना : स्कुटरमा सवार सुष्माको मृत्यु, ठक्कर दिने मोटरसाइकल फरार

बेलबास दुर्घटना : स्कुटरमा सवार सुष्माको मृत्यु, ठक्कर दिने मोटरसाइकल फरार

बेलबास दुर्घटना : स्कुटरमा सवार सुष्माको मृत्यु, ठक्कर दिने मोटरसाइकल फरार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • बुटवल । बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गिया बाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएको दुर्घटनामा ति युवतीको ज्यान गएको हो।

    दुर्घटनामा ज्यान जानेमा अर्घाखांचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ बर्षिय शुष्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।

    ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गिया बाट  लु ८७ प ४५७३ नम्वरको स्कुटरमा बुटवल तर्फ आउदै गरेकी श्रेष्ठलाई बुटवल १२ शान्तीचोकमा नम्मर नखुलेको मोटरसाईलकले ठक्कर दिएको र मोटरसाईकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिईन्।

    तिव्र गतिमा रहेको मोटरसाईकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्वरको बलेरो जिपको मुनी पुगेकी थिईन्। उनको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

    "रातीको समयमा ३ वटै सवारी साधन तिव्र गतिमा भए जस्तो देखिन्छन् बलेरो चालक प्रहरी नियन्त्रणमा छन भने मोटरसाईकल चालक ठक्कर दिए लगत्तै फरार रहेकोले उनको खोजी भैरहेको छ", प्रहरी निरिक्षक बानियांले भने।

    "हामी आसपासका सिसीटिभी फुटेज हेरेर मोटरसाईकल चालक खोजी गर्दैछौं", उनले थपे।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij