२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

डेमोक्रेटको कन्भेन्सनमा भावुक देखिए बाइडेन

डेमोक्रेटको कन्भेन्सनमा भावुक देखिए बाइडेन

डेमोक्रेटको कन्भेन्सनमा भावुक देखिए बाइडेन

डेमोक्रेटको कन्भेन्सनमा भावुक देखिए बाइडेन

डेमोक्रेटको कन्भेन्सनमा भावुक देखिए बाइडेन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले डेमोक्रेट पार्टीको नेशनल कन्भेन्सनमा बिदाई भाषण दिएका छन् । स्टेजमा आएपछि बाइडेन भावुक देखिएका थिए । 

    सम्बोधनका क्रममा उनले आफ्नो हरेक कामसँग उपराष्ट्रपति कमला ह्यारिसको नाम जोडे र धेरै पटक ह्यारिसको प्रशंसा गरेका थिए ।

    बाइडेनले कन्भेन्सनमा उपस्थित सबैलाई धन्यवाद दिदै ह्यारिस र वाल्जको टिमलाई जिताउन अपिल गरेका थिए । भषणको क्रममा बाइडेनले ट्रम्पलाई लोकतन्त्रका लागि खतरा भएको टिप्पणी गरेका छन् । उनले जनवरी ६, २०२१ मा भएको क्यापिटल हिल हिंसाको पनि उल्लेख गरे । उनले भने, अमेरिकामा राजनीतिक हिंसाको कुनै ठाउँ छैन । त्यस दिन (क्यापिटल हिल हिंसाको दिन ) हामीले देशको रूपमा रहेको लगभग सबै कुरा गुमायौं । त्यो धम्की आज पनि कायम छ । उनले (ट्रम्प) हारेमा रक्तपात गर्ने वाचा गरेका छन्, यी उनका शब्दहरू हुन् । उनले जितेमा उनी पहिलो दिनदेखि नै तानाशाह हुनेछन्, यी उहाँका शब्दहरू हुन्, उनको अर्थ यही हो ।

    बाइडेनले आफुहरु लोकतन्त्रको रक्षा गर्न र अमेरिकाको आत्माको लागि लडाइँमा संलग्न रहेको बताए । बाइडेनले आफ्नो भाषणमा आफ्ना उपलब्धिहरूकोउल्लेख गरेका थिए । उनले कमला ह्यारिससँग मिलेर यो काम गरेको बताए ।

    बाइडेनले मध्यम वर्गका लागि काम गरेको बताउदै कोभिड-१९ महामारीको समयमा विश्वको सबैभन्दा बलियो अर्थतन्त्र निर्माण गर्न काम गरिएको उल्लेख गरे ।
    बाइडेनले बन्दुकमा प्रतिबन्ध लगाउने विषयमा रिपब्लिकन पार्टीको अडान रहेको बताए ।

    उनले भने, अमेरिकामा बन्दुकबाट धेरै बालबालिका मारिन्छन् । त्यसैले कमला र म बन्दुकसम्बन्धी कानुन पारित गर्न पाउँदा गर्व गर्छौं । अब बन्दुकमाथि प्रतिबन्ध लगाउने बेला आएको छ ।

    उनले आफ्नो पार्टीका लागि सबैभन्दा चुनौतीपूर्ण विषय गाजा–इजरायल युद्ध भएको बताए । उनले यस विषयमा आन्दोलन गरिरहेका जनताका लागि आफ्नो कुराको पनि औचित्य रहेको बताए । बाइडेनले दुवै पक्षबाट धेरै निर्दोष मानिस मारिएको उल्लेख गरेका थिए ।

    आजदेखि शुरु भएको डेमोक्रेटको नेशनल कन्भेन्सनमा पार्टीका पुर्व नेताहरु, पुर्व राष्ट्रपतिहरुले सम्बोधन गर्ने भएका छन् । यस कन्भेन्सनले कमला ह्यारिसलाई डेमोक्रेटको तर्फबाट राष्ट्रपतिको उम्मेदवारको औपचरिक चयन गर्ने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij