२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दयाहाङ र सिर्जनाको फिल्म ‘कार्साङ’ को छायांकन सकियो

दयाहाङ र सिर्जनाको फिल्म ‘कार्साङ’ को छायांकन सकियो

दयाहाङ र सिर्जनाको फिल्म ‘कार्साङ’ को छायांकन सकियो

दयाहाङ र सिर्जनाको फिल्म ‘कार्साङ’ को छायांकन सकियो

दयाहाङ र सिर्जनाको फिल्म ‘कार्साङ’ को छायांकन सकियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ४ २०८१
मंगलवार, भाद्र ४ २०८१
  • काठमाडौं । फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा गरको हो ।

    फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

    ‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायांकन सम्पन्न गर्न पाइयो’, निर्देशक शेर्पाले भने, ‘अब पोस्टको काम त्यही अनुरूप गर्दैछौँ, सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौँ ।’

    कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘कार्साङ’लाई यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको हो ।

    फिल्मका मुख्य कलाकारहरु केही दिन अघि फिल्मको छायांकन सेटबाट क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो, जसमा अभिनेता दयाहाङ राई र नव(अभिनेत्री सिर्जना निङ्लेखु देखिएका थिए । उक्त तस्वीरमा उनीहरुलाई रैथाने चरित्रमा रहेको अनुमान लगाउन सकिन्छ ।

    दयाहाङ र सिर्जनाले फिल्ममा उनीहरू जोडीको भूमिका निर्वाह गरेका छन् । केही म्युजिक भिडियोमा काम गरेकी सिर्जनाको यो डेब्यु फिल्म हो ।

    सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्ममा निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ। यसअघि थुप्रै सर्ट फिल्म निर्देशन गरिसकेका शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो ।

    यस फिल्ममा दयाहाङ र सिर्जनासहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय रहेनछ। बाल कलाकारमा राशी लिम्बु र सोहन थापाले अभिनय गर्दैछन्।

    यस फिल्मको निर्माता पुरूषोत्तम प्रधान हुन्। फिल्ममा उनकै डिओपी रहेको छ। फिल्मका प्रोडक्सन म्यानेजर दिलीप पन्त हुन् । ‘कार्साङ’ प्रदर्शन मिति भने तय गरिएको छैन। फिल्मको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij