२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

फरार प्रतिबादी पक्राउमा निर्मम छौं : रुपन्देही प्रहरी

फरार प्रतिबादी पक्राउमा निर्मम छौं : रुपन्देही प्रहरी

३ सय ९२ जान फरार प्रतिवादी पक्राउ , १ करोड ६७ लाख २० हजार १०८ रुपैया जरिवाना असुल

फरार प्रतिबादी पक्राउमा निर्मम छौं : रुपन्देही प्रहरी

फरार प्रतिबादी पक्राउमा निर्मम छौं : रुपन्देही प्रहरी

३ सय ९२ जान फरार प्रतिवादी पक्राउ , १ करोड ६७ लाख २० हजार १०८ रुपैया जरिवाना असुल

फरार प्रतिबादी पक्राउमा निर्मम छौं : रुपन्देही प्रहरी
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • भैरहवा । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.१२ का बलिराम लोधलाई  इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २२ बर्ष पछी पक्राउ गर्यो । पुनरावेदन अदालत बुटवलले २०५९।०१।१६ गते जवरजस्ती करणी र ज्यान मार्ने उद्योगमुद्धामा २बर्ष १० महिना २९ दिनकैद सजाय फैसला गरेपछि फरार रहेका उनलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिई सजाय भुक्तानको लागि अदालतमा पेश गरी जिल्ला कारागार कार्यालय रुपन्देहीमा चलान भए । 


    यस्तै रूपन्देहीको तिलोत्तमा नपा १७ दरखसवाका रामपृत मल्लाहलगायतले सार्वजनिक जग्गाको विवादमा सोही स्थानका जंगबहादुर यादव ०६२ पुस २५ गते गोली हानेर हत्या गरी फरार भए । प्रहरीको फरार सूचीमा रहेका यादवलाई प्रहरीले १८ वर्षपछि सीमानाका बेलहियामा रुपन्देही प्रहरीले समात्न सफल भयो । 


    यस्तै बैङ्किङ कसूरमुद्धामा २५ लाख  ९२ हजार जरिवाना फैसला भई फरार रहेका रुपन्देही ओमसतिया गाउँपालिका वडा नं. ४बस्ने यशुदा भट्टराईलाई वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्यो । उच्च अदालत तुलसीपुर बुटवलले २०७६।०९।१६ गते उनीमाथि बैङ्किङ कसूरमुद्धामा जरिवाना फैसला फैसला गरेको थियो । प्रहरीले उनलाई जिल्ला अदालतमा जरिवाना भुक्तानको लागी पेश गर्यो । 


    यी  यस्ता फरारका घटना अहिले रुपन्देही प्रहरीले नियमित रुपमा नियालिरहेको छ । अदालतबाट दोषी ठहर भएर कैद, जरिवाना वा दुवै सजाए तोकेर भुक्तान नगरेका फरार प्रतिवादीलाई पछिल्लो समय रूपन्देही प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । रुपन्देही प्रहरीले पछिल्लो समय अदालतको फैसला कार्यान्वयन गर्न फरार प्रतिवादी खोजी गर्ने काममा समेत आक्रमक रुपमा लागेको छ । सजाय फैसला भएका त्यस्ता व्यक्तिहरु समाजमा खुलेआम घुमफिर गर्नु पनि सुरक्षा चुनौतिको रुपमा रहेकोले पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रंजित सिंह राठौरले बताए । फौजदारी र देवानी दुवै प्रकृतिको मुद्दामा फरार प्रतिवादीहरूलाई निरन्तर पक्राउ गरिरहेको छौ, जसका लागि हामीले अभियान नै चलाएर निर्ममताका साथ काम गरिरहेको एसपी राठौरले भने  ।


     जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्गक अनुसार गत आर्थिक वर्ष २०८०। ०८१ मा कुल संख्यामध्ये विभिन्न ३६ किसिमको मुद्दामा मात्रै ३ सय ९२ जान फरार प्रतिवादी पक्राउ परेका छन् ।  जसबाट १ करोड ६७ लाख २० हजार १०८ रुपैया जरिवाना समेत असुलउ पर भएको छ । यो विगत वर्षको तुलनामा दोब्बरले बढी हो ।


    पक्राउ परेका फरार प्रतिवादीहरूमा लागुऔषध मुद्दाको ६४ जना, सवारी ज्यानको ४५, कुटपिट लुटपाटको ३९, सार्वजनिक अपराधको ३५, कुटपिट अंगभंगको १५, चोरी मुद्दाको १४ जनालगायत छन् ।


    यस्तै जिल्ला प्रहरी कार्यालय महिला सेलले घरेलु हिंसाका घटनालाई प्राथकिमताका साथ सम्बोधन गरेको जनाएको छ । गत आर्थिक वर्ष २०८०। ०८१ मा ५ सय ६९ वटा घरेलु हिंसाका उजुरीहरु दर्ता भएका छन् । जसमध्ये ३ सय ९८ वटा उजुरी मेलमिलापबाट समाधान गरिएको तथ्याङ्गक छ । 
    कतिपय अवस्थामा उजुरी गर्ने तर उजुरी कर्ता नै पछि सम्पर्कमा नआउने घटना समेत देखिएका छन् । यसरी उजुरी गरेर पनि सम्पर्कमा नआउने संख्या ६५ छ । भने अन्य ५५ वटा उजुरीलाई थप कारवाहीका लागि अन्य सम्बन्धित निकायमा पठाईएको छ । परिवारभित्रै बाट हुने घरेलु हिंसाका घटना पहिलाको तुलनामा बाहिर ल्याउने क्रम बढेको देखिन्छ ।


    सचेतनाका कारण पीडितहरुले उजुरी गर्ने दर बढेको एसपी रंजित सिंह राठौरले बताए ।  घटना पहिला पनि हुन्थे तर परिवारभित्रै मिलाउने वा सहेर बन्ने धेरै थिए भने पछिल्लो समयमा समाजमा आएको चेतनाका कारण घरेलु हिंसाका घटना दर्ता क्रम पनि बढेको छ ।


    चालु आर्थिक वर्षको पहिलो महिनामा घरेलु हिंसाका ७२ वटा उजुरी महिला तथा वालवालिका ईकाई (महिला सेल) मा दर्ता भएका छन् । जस मध्ये ४० वटा उजुरी मेलमिलापमा टुंगिएका छन् । पीडकलाई सचेत गराई पीडितलाई परिवारमा पुर्नस्थापना गर्नुपर्ने कारण पनि घरेलु हिंसाका धेरै घटना मेलमिलापमा समाधान गरिनु पर्ने एसपी राठौरले बताए ।

    sp ranjt singh rathor.JPG


    यि कामका अलावा रुपन्देही प्रहरीले विभिन्न काम गर्दै आएको छ । सिमामा प्रहरीले पर्यटकको सहजताका लागि एकीकृत जांच डेक्सको स्थापना गरी काम गरिरहेको उनले दावी गरे । “प्रहरीले पर्यटकलाई सहज नेपाल प्रवेश गर्न र भन्सार सुविधा लिन सहजीकरण गरिरहेको छ उनले भने । ”  छ महिना अगाडि मात्र रुपन्देही प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरिक्षक राठौरले रुपन्देहीको शान्ति सुरक्षा विगतको भन्दा चुस्त रहेको दावी गरे । 


    “रुपन्देहीमा कुनै अप्रिय घटना घटेको छैन् कतिपय छिटफुट घटनाको हामी सुक्ष्म अनुसन्धानबाट सफलता पाएका छौं उनले भने ।” खुल्ला सिमानाकाको फाईदा उठाउंदै कतिपय व्यक्तिहरुले परम्परागत रुपमै विना भन्सार सामाना नेपाल भित्र्याउन पाउनु पर्छ भन्ने मान्यता रहेको समेत उनले बताए । तर त्यस्ता भन्सार छलिका सामानहरु धमाधम पक्राउ गरी भन्सार चलान गरिएको समेत एसपी राठौरले जानकारी दिए ।


    जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई आम नागरिकको सहज पहुंचसम्म पुरयाउन र सजिलै उजुरी दर्ता गर्नको लागि नागरिक मैत्री वातावरण तयार गरिएको प्रहरी उपरिक्षक राठौरले बताए । यस्तै जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्थापन लगायत चोरी तस्करी नियन्त्रणका अलावा डर लाग्दो तबरले वृद्धि हुदै गएको आत्महत्याका घटना न्युनिकरण तथा व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अभियान संचालन गर्दैछ ।


    प्रहरी प्रधान कार्यालय काठामाडौंको कार्ययोजना अनुसार देशका ७७ वटै जिल्ला प्रहरी कार्यालय मार्फत जिल्ला, पालिका र वडा तहमा समिती गठन गरी आत्महत्याका घटना न्युनिकरण गर्ने अभियानमा जिल्ला प्रहरी कार्यालयले तत्पर्ता देखाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij