२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न चाहदैनौं- ओबामा

ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न चाहदैनौं- ओबामा

ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न चाहदैनौं- ओबामा

ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न चाहदैनौं- ओबामा

ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न चाहदैनौं- ओबामा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौँ । अमेरिकाको सिकागोमा डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन जारी रहेको छ ।

    यस सम्मेलनमा पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि सम्बोधन गरेका छन् । यस क्रममा मिशेल ओबामाले ट्रम्पमाथि कडा हमला गरेकी छन् । मिशेलले अमेरिकी हुनु भनेको के हो भन्नेमा कसैको एकाधिकार नरहेको बताइन् । मिसेल ओबामाले कमला ह्यारिस राष्ट्रपति पदका लागि सबैभन्दा शिक्षित उम्मेदवार भएको बताइन् ।

    डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा आफ्नो सम्बोधनमा पूर्व राष्ट्रपति बराक ओबामाले डोनाल्ड ट्रम्पलाई आलोचना गरेका छन् । ओबामाले ट्रम्पले शक्तिलाई आफ्नो उद्देश्य हासिल गर्ने माध्यम मात्र बनाएको बताए । उनले आफुहरुले ट्रम्पले जितेको र चार वर्षको अराजकता फेरि हेर्न नचाहेको बताए । उनले भने-हामीले प्रायः फिल्महरूमा देखेका छौं कि सिक्वेल फिल्महरू प्रायः खराब हुन्छन् ।

    ओबामाले नोभेम्बरको चुनाव नजिकको लडाई हुने बताउदै कमला ह्यारिस र उप(राष्ट्रपति उम्मेदवार टिम वाल्जको प्रशंसा गरे । उनले जो बाइडेनको प्रशंसा गर्दै यो देशले उनलाई एक प्रतिभाशाली राष्ट्रपतिको रूपमा सम्झने बताए । साथै उनले बाइडेनले ठूलो खतराको समयमा लोकतन्त्रलाई बचाएको भन्दै प्रशंसा गरे ।

    त्यस्तै सिनेटर बर्नी स्यान्डर्सले मंगलबार डेमोक्रेटिक नेशनल कन्भेन्सनमा अमेरिकी जनतालाई उपराष्ट्रपति कमला ह्यारिसलाई देशको अर्को राष्ट्रपति चुन्न आग्रह गरे ।

    आफ्नो सम्बोधनमा, स्यान्डर्सले श्रमिक वर्गलाई आकर्षित गर्ने र ठूला-ठूला कर्पोरेट कम्पनीहरूमा क्र्याक डाउन गर्ने कुरा गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij