परासी ।पवन माध्यमिक बिद्यालयकाे व्यवस्थापन समितिका अध्यक्षमा बिन्द्रेश हरिजन चयन भएका छन । रामग्राम नगरपालिका नगर शिक्षा शाखा समितिले पवन माध्यमिक बिद्यालयकाे व्यवस्थापन समितिका अध्यक्षमा हरिजन चयन गरेकाे हाे ।
नगर शिक्षा समिति साउन ३१ गते बैठककाे निर्णय अनुसार बिद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा हरिजनलाई नियुक्त गरिएकाे नगर शिक्षा समितिले जनाएकाे छ ।हरिजनलाई रामग्राम नगरशिक्षा ऐन २०७५काे दफा २१( २) क बमाेेजिम अध्यक्ष हरिजन नियुक्त भएका हुन ।
अभिभावक भेलाबाट चार जनाकाे नाम छनाैट भएर गएकाे नगर शिक्षा समिति पठाईएकाे जसमध्ये हरिजनलाई नगरशिक्षा समितिले अध्यक्ष नियुक्त गरि पठाएको थियाे ।
पवन मा वि बिद्यालयले नवनियुक्त अध्यक्ष बिन्द्रेश हरिजलाई स्वागत तथा हार्दिक बधाई कार्यक्रम गरि स्वागत गरेकाे छ ।बिद्यालयका प्रधानध्यपक अरबिन्द्र पाठककाे अध्यक्षयता तथा रामग्राम नगरपालिका वडान २ वडाअध्यक्ष निरज राैनियार प्रमुख आतिथ्यता कार्यक्रम भएकाे थियोे ।
साे क्रममा बाेल्दै बिद्यालयकाे शैक्षिक गुणस्तर सुधार तर्फ ध्यान दिनुपर्नेमा जाेड दिएका थिए ।बिद्यालयमा भाैतिक पूर्वाधार सगै शैक्षिक गुणस्तर तर्फबाट सबै सराेकारवाहरू लाग्न जरुरी रहेकाे छ ।




