२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस

दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस

दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस

दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस

दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • बुटवल । पद्यमचैत्य विहार बुटवलको आयोजनामा दिवंगत महानायक भिक्षु डा. अमृतानन्द महास्थवीरको ३४ औं गुणानुस्मरण दिवस बुधबार एक  कार्यक्रमका बीच सम्पन्न भएको छ । पद्यमचैत्य विहार बुटवलका अध्यक्ष सुरेशरत्न बज्राचार्यको अध्यक्षतामा शाक्यमुनी विहार लुम्बिनीका प्रमुख पुजनीय भिक्षु सिरी बजिर स्थवीरको प्रमुख आतिथ्यता रहेको थियो ।


    प्रमुख अतिथि बजिर स्थवीरले दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको फोटोमा पुष्पगुच्छा अर्पण गर्दै माल्यार्पण गरेका थिए ।  पद्यमचैत्य विहार बुटवलका सल्लाहकार तथा प्रमुख वक्ता प्रोफेसर आनन्दमान सिंह शाक्यले दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको जीवनीबारे प्रकाश पारेका  थिए ।  दिवंगत भिक्षु महास्थवीरले ५५ वर्ष सम्म बौद्धधर्मको प्रचारप्रसार गर्नुका साथै बौद्ध ग्रन्थ सम्बन्धी ७२ वटा पुस्तकहरु  प्रकाशित गरेको समेत प्रोफेसर शाक्यले बताए ।


    त्यस्तैगरी पाल्पास्थित धर्मोदय सभाका कार्यबाहक अध्यक्ष देवप्रसाद बज्राचार्यले पनि दिवंगत भिक्ष डा. अमृतानन्द महास्थवीरको बाल्यकालको जीवनी र योगदानबारे प्रकाश पारेका थिए ।


    कार्यक्रममा संस्थाका अध्यक्ष सुरेशरत्न बज्राचार्यले स्वागत मन्तव्य राख्दै  दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा बुद्धधर्मको  प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएको बताए ।  उनकै पालामा लुम्बिनीमा प्रथम बुद्ध  सम्मेलन गरेकाले पनि दिवंगत  भिक्षु डा. महास्थवीरलाई बुद्ध शासनमा ताराको रुपमा परिचित भएको अध्यक्ष बज्राचार्यले बताए ।


    त्यस्तैगरी दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको नाती सञ्जय बहादुर बज्राचार्यबाट हरेक वर्ष धर्मदान हुनेगरी पचास  हजार रुपैयाँ जग्गादाता देवेन्द्र प्रधान र पद्यमचैत्य विहार बुटवलका सल्लाहकार जीवन प्रसाद वझाको पहलमा  पद्यमचैत्य विहार सञ्चालक समितिलाई हस्तान्तरण गरिएको छ ।


     कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं.१ का वडा अध्यक्ष नरेन्द्र बस्नेतले बोल्दै दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरले बौद्धधर्मप्रतिको त्याग, सर्मपणप्रति प्रशंसा गर्दै उनको योगदानको सधै स्मरण गर्ने बताउँदै वडा तथा स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताए ।


    कार्यक्रममा धम्मानुशासक पुजनीय भिक्षु कविन्दो स्थवीर, आवासीय गुरुमा पुजनीय शान्तिदेवी, बुटवल १ का वडा सदस्य अशोक राईलगायतको आतिथ्यता रहेको थियो । त्यस्तैगरी बौद्ध महिला संघका पदाधिकारी, बौद्ध युवा संघका पदाधिकारीलगायतको सहभागिता रहेको थियो । दिवंगत भिक्षु डा. अमृतानन्द महास्थवीरको जन्म १९७५ साल पुस ५ गते पाल्पामा भएको थियो भने २०४७ सालमा भदौ ५ गते निधन भएको थियो । उक्त कार्यक्रमको सञ्चालन पद्यमचैत्य विहार बुटवलका  महासचिव दीपक शाक्यले गरेका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij