परासी ।पश्चिम नवलपरासीमा ठूलो मात्रामा लागुऔषधसहित एक प्रहरीले नियन्त्रणमा लिएकाे छ । जिल्ला नवलपरासी प्रतापपुर गा.पा.४ हरकपुरास्थित नेपाल भारत सिमाना नजिकै भारतबाट नेपालतर्फ पैदल आउंदै गरेकाे अवस्थामा ठूलाेमात्रामा लागुओैषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकि बसहियाबाट खटि गएको संयुक्त गस्ती टोलीले जिल्ला नवलपरासी प्रतापपुर गा.पा.८ बालुवा टोल बस्ने बर्ष अं.५२ को जगदिश केवटलाई चेकजाँच गर्नेमा ठूलाेमात्रामा लागुओैषध खैराे हेराेईन सहित नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासी (व.सु.प.) सुचना अधिकारी एव प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
उनकाे अनुसार केवटले खैरो रंगको पाईन्टको दाहिने खल्तीबाट कालो प्लाष्टिकमा बाधेर लुकाई छिपाई ल्याएको लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) जस्तो देखिने पदार्थ ३० पुरीया फेला परेको, बताए ।डाईजेपाम १०५ एम्पुल फेनारगन १०६ एम्पुल बुप्रिनुर्फिन ९९ एम्पुल , स्पास्मो - १०६२ ट्याव्लेट, ब्राउन सुगर(खैरो हेरोईन) जस्तो पदार्थ - ९.२३० ग्राम लगायत बमराद गरिएकाे बताए ।
केवटलाई नियन्त्रणमा लिई रितपुर्वक वरामद पश्चात् थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ `छ´ २ अनुसार उल्लेखित कसुर गर्ने कसुरदारलाई दश वर्ष देखि पन्ध्र वर्षसम्म कैद र पचहत्तर रुपैयाँ देखि दुई लाख रुपैयाँसम्म जरिवाना हुने छ ।
गत साउन महिनामा यस जिल्लाबाट लागुऔषध सम्वन्धि कसुर मुद्धामा ८ जना मानिस पक्राउ भई निम्न परिणाममा बरामद लागुऔषध सहित सम्मानित जिल्ला अदालत परासिबाट म्याद थप लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




