२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

महेन्द्र बहुमुखी क्याम्पसमा बम पट्काउने दुई जना पक्राउ, अनुसन्धान गर्दै प्रहरी

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • दाङ । दाङ घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुइ जना पक्राउ परेका छन ।

    चर्को आवाजमा बम पड्किएको र पड्काएर भाग्न खोज्ने दुई जना पक्राउ परेको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए ।

    ‘मोटर साइकलमा आएका दुई जना मध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका छन । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको छ’ सुवेदीले भने, ‘सुतली बम चर्को आवाजमा पड्केको थियो ।’

    जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डीएसपी राम प्रसाद तिमल्सिनाले मोटरसाइकलमा आएका दुई जना ब्यक्तिले क्याम्पसमा सुतली बम जस्ताे देखिने बस्तु पड्काएर भागेको र उनीहरूलाई भाग्नेक्रममा पक्राउ गरेको बताए ।

    उनका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी प्लस टु सकेका अभियान थापा र सोही महेन्द्र बहुमुखी क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् ।

    प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका लागी पटका पड्काएको बताएका छन । यस विषयमा थप अनुसन्धान भइरहेको तिमल्सिनाले जानकारी दिए ।

    उनका अनुसार मोटरसाइकलमा आएका दुई जना मध्ये अभियान थापाले महेन्द्र बहुमुखी क्याम्पस अगाडि सडकमा बम फालेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij