२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

तिलोत्तमा पुन: उत्कृष्ठ, संघीय मामिला मन्त्रालयको छनोटमा देशभरमै दोस्रो

तिलोत्तमा पुन: उत्कृष्ठ, संघीय मामिला मन्त्रालयको छनोटमा देशभरमै दोस्रो

तिलोत्तमा पुन: उत्कृष्ठ, संघीय मामिला मन्त्रालयको छनोटमा देशभरमै दोस्रो

तिलोत्तमा पुन: उत्कृष्ठ, संघीय मामिला मन्त्रालयको छनोटमा देशभरमै दोस्रो

तिलोत्तमा पुन: उत्कृष्ठ, संघीय मामिला मन्त्रालयको छनोटमा देशभरमै दोस्रो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • बुटवल ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका उत्कृष्ठ नगरपालिकाको रुपमा सम्मनित भएको छ । संघीय मामिला तथा प्रशासन मन्त्रालयद्वारा गरिएको मुल्यांकनमा तिलोत्तमा नगरपालिका देशभरिबाट द्वितीय भएको छ  । यद्यपी लुम्बिनी प्रदेशका गाउँपालिका/नगरपालिकाबाट प्रथम भएको हो । 


    दुई-दुई पटकसम्म सेवा प्रवाह र सामाजिक विकास विधा अन्तर्गत समबेशिता र सामाजिक क्रियाकलापमा उत्कृस्ट बनेको नगरप्रमुख रामकृष्ण खाँणले जानकारी दिए । नगरप्रमुख रामकृष्ण खाणलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुबेदीले सो उत्कृस्टताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। 


    संघीय मामिला तथा प्रशासन मन्त्रालयद्वारा सम्मानित हुँदै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख खाणले नगरबासी,जनप्रतिनिधी, कर्मचारी, र सबै सहयोगीको योगदानले फेरी उत्कृस्टको उपाधि पाएकोमा खुसि ब्यक्त गर्दै सबैलाई धन्यबाद समेत दिए ।


    तिलोत्तमा नगरपालिकाका मेयर खाणले नगरपालिकालाई उत्कृस्ट बनाउन सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही नगरबासीहरुमा धन्यबाद ज्ञापन गर्दै यो सम्मानले समग्र नगरपालिका र नगरबासीहरुलाई थप प्रेरणा मिलेको बताएका छन् । 


    आफुहरु जननिर्वाचित भएर आइसकेपछि सामाजिक सेवामा अग्रसर भएर लागेको र समाजमा भएका बिकाश निर्माण नीति निर्माण र सामजिक दायित्वका सेवा हरु शिक्षा,स्वास्थ्य,रोजगारी तथा विपद ब्यबस्थापनमा नगरपालिकाले गरेको काम उल्लेखनिय रहेको बताए ।


    देशमै प्रथम भने मात्रै शून्य दशमलव ५० अंकले धादिङ्गको निलकण्ठ नगरपालिका भएको छ भने तेस्रो चितवनको रत्ननगर नगरपालिका भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij