२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

यौन तथा प्रजनन स्वास्थ्य सेवाको विषयमा बुटवलमा अभिमुखीकरण

यौन तथा प्रजनन स्वास्थ्य सेवाको विषयमा बुटवलमा अभिमुखीकरण

यौन तथा प्रजनन स्वास्थ्य सेवाको विषयमा बुटवलमा अभिमुखीकरण

यौन तथा प्रजनन स्वास्थ्य सेवाको विषयमा बुटवलमा अभिमुखीकरण

यौन तथा प्रजनन स्वास्थ्य सेवाको विषयमा बुटवलमा अभिमुखीकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र ६ २०८१
बिहिवार, भाद्र ६ २०८१
  • बुटवल । विपतको समयमा न्यूनतम यौन तथा प्रजनन स्वास्थ्य सेवाको बारेमा विश्व मानवीय दिवसको अवसरमा मानवताका लागि कार्य भन्ने नाराका साथ बुटवलमा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

    भौगोलिक रूपमा निकै फरक नेपालमा जुनसुकै समयमा पनि आउन सक्ने विपतको समयमा अनिवार्य रूपमा प्रदान गर्नुपर्ने सेवाहरूको बारेमा नेपाल परिवार नियोजन संघ रुपन्देहीको आयोजनामा अभिमुखीकरण गरिएको हो । 

     

    _MG_7682.JPG

    नेपाल परिवार नियोजन संघ रुपन्देही शाखा, स्प्रिन्ट परियोजनाको आयोजनामा बुटवल हाटबजारमा रहेको परिवारनियोजनको शाखामा बिहीबार भएको अभिमुखीकरणमा स्वास्थ्य कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्वास्थ्य क्षेत्रमा अध्ययन गरिरहेका बिद्यार्थीहरुको  उपस्थितिमा वृहत् रूपमा अभिमुखीकरण गरिएको हो ।

    विपतका बेला अपनाउनु पर्ने न्यूनतम आवश्यक सेवा प्याकेजमा तीन तहका सरकार र संघसंस्था बिच सहज सरल समन्वय स्थापित गरेर विपतमा काम गर्न सकेमा विपतको समयमा प्रदान गर्नुपर्ने न्यूनतम यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रभावकारी हुने सहभागीहरूले बताएका थिए।  यौन तथा प्रजनन स्वास्थ्यका लागि न्यूनतम प्रारम्भिक सेवा सुनिश्चित गर्ने प्रमुख स्वास्थ्य सेवा प्रदायक संस्थाको पहिचान गर्ने, यौन हिंसा रोक्ने र हिंसा प्रभावितहरूको आवश्यकतालाई सम्बोधन गर्ने, एचआइभी र अन्य यौन रोगहरूको सर्ने दर तथा त्यसको कारणले हुने बिरामी र मृत्युदर घटाउने तर्फ ध्यान दिनुपर्ने सहभागीहरूको जोड थियो । 

    _MG_7654.JPG

    कार्यक्रममा बुटवल उपमहानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख युवराज पाण्डेयले बुटवल उपमहानगरपालिका रुपन्देहीका सबै पालिकाको अभिभावक जस्तै रहेको बताउँदै जुनसुकै समयमा आउन सक्ने अवस्थाको लागि उपमहानगर तयार रहेको बताए । उनले विपद्को समयमा आउन सक्ने समस्याको लागि विभिन्न समितिहरू निर्माण भएको बताउँदै बुटवल सहित अन्य छिमेकी पालिकाहरूमा समस्या आएमा त्यसको व्यवस्थापन गर्ने गरी काम गरिरहेको बताए । उनले बुटवलले नियमित कामहरू मात्रै नगरेर भविष्यमा हुन सक्ने बिपदको लागि पूर्व तयारीका कामहरू गरिरहेको बताए। 

    रेडक्रस सोसाइटी रुपन्देहीका सभापति  बेन बहादुर पौडेल क्षेत्रीले रेडक्रसको बारेमा प्याकेज नै तयार रहेको बताए। उनले विपदमा आफै काम गर्नेभन्दापनि हरेक कार्यको लागि व्यवस्थापनको काम गरेको बताउँदै विपद् व्यवस्थापन साथै विपदमा यौन तथा प्रजनन स्वास्थ्यको विषयमा काम गरेको उल्लेख गरे । 

    नेपाल परिवार नियोजन संघ बुटवल हटबजारका निमित्त शाखा प्रबन्धक विष्णु गुरुङले भूकम्प, आगलागी, बाढी, पहिरो, महामारी जस्ता विपतमा राज्यको ध्यान अरू विषयमा बढी हुने तर विपतका बेला गर्भवती, सुत्केरी, अशक्त, महिला, किशोरीहरूको यौन तथा प्रजनन स्वास्थ्यमा गम्भीर असर गरी शारीरिक तथा मानसिक समस्या उत्पन्न हुने अवस्था प्रति सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिइन् । 

    नेपाल परिवार नियोजन संघ रुपन्देहीको सभापति प्रदीप शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा, युवा संयोजक किरण तिवारी, लियो क्लब अफ बुटवल मेट्रो सिटी अध्यक्ष एवं फोकल पर्सन पुनम कुवर क्षेत्री लगायतले बोलेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij