२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

योजना प्रगातिको बार्षिक समिक्षा

योजना प्रगातिको बार्षिक समिक्षा

योजना प्रगातिको बार्षिक समिक्षा

योजना प्रगातिको बार्षिक समिक्षा

योजना प्रगातिको बार्षिक समिक्षा
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • परासी । पश्चिम नवलपरासीमा बार्षिक समिक्षा कार्यक्रम गरिएको छ । जिल्लामा २०८०÷०८१मा संचालन गरेको योजना तथा कार्यक्रमको समिक्षा कार्यक्रम गरिएको हो ।

    जिल्ला समन्वय समिती कार्यालय नवलपरासीको आयोजनामा भएको समिक्षा कार्यक्रममा सात वटा स्थानिय तहहरुले २०८०÷०८१मा संचालन गरेको योजना सम्पन्न  तथा भौतिक प्रगाति बजेट कति खर्च र बेरुजु बारे प्रस्तुत गरेका थिए । 


     जिल्लामा सरकारी कार्यालयहरुले आर्थिक बर्ष २०८०÷०८१मा संचालन गरेको कार्यक्रम र योजना कति सम्पन्न भएको र बजेट कति खर्च भएको बारे कार्यत्रपत्र प्रस्तुत गरेको जिल्ला समन्वय समितीका प्रमुख भगौती प्रसाद यादवले बताए । उनको अनुसार जिल्ला रहेर काम गरेको गैरसरकारी संस्था आइनजिवा संस्थाहरुले पनि अफनोे प्रगाति बजेट कति कुन क्षेत्रमा खर्च गरिएको बारे प्रस्तुत गरेको यादवले जानकारी दिए । 


    बार्षिक समिक्षमा प्रस्तुत गरिएका बजेट योजना कार्यन्वय पक्ष बारे सरोकारवाहरुले जिज्ञास तथा अफानो धारण राखेका थिए । उनीहरुले योजना कार्यन्वयन गर्दा समयमा सम्पन्न गरी र पारदर्शित रुपमा गरी काम गर्न सुझाव दिएका थिए ।

    स्थानिय तहहरुले टुक्र योजना भन्दा दीर्घकालीन योजना साथ काम गर्नुपर्नेमा सहभागि सरोकारवालाहरुले जोड दिएको जिल्ला समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरुले जानकारी दिए  ।

    कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य ध्रुब बहादुर प्रधानले जिल्लामा संचालन भएको योजना बजेट पारदर्शि रुपमा जनताले थाहा पाउने गरी संचालन गर्नुपर्नेमा जोड दिए ।

    उनले भने,' योजना बनाउदाँ दीर्घकालीन सोच राखेर र जनताको  माग अनुसार योजना र जनताको आवश्यकता पुरा हुने खालको योजना र बिकास देखीने खालको हुनुपर्छ।'

    योजना बनाउने तर समयमा योजनाको काम सम्पन्न नहुदाँ सस्ती हुने भएको यस्तो परीपार्टीको अन्त्य गरी समयमा योजना सम्पन्न गर्ने परिपाटी बसालौ बनिसाल्न सम्बिन्धीत सबै पक्षलाई आग्रह गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij