२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बुद्धसँग जोडिएका पर्यटकीय क्षेत्रलाई जोड्ने गरी बुद्ध सर्किट निर्माण गरिने

बुद्धसँग जोडिएका पर्यटकीय क्षेत्रलाई जोड्ने गरी बुद्ध सर्किट निर्माण गरिने

बुद्धसँग जोडिएका पर्यटकीय क्षेत्रलाई जोड्ने गरी बुद्ध सर्किट निर्माण गरिने

बुद्धसँग जोडिएका पर्यटकीय क्षेत्रलाई जोड्ने गरी बुद्ध सर्किट निर्माण गरिने

बुद्धसँग जोडिएका पर्यटकीय क्षेत्रलाई जोड्ने गरी बुद्ध सर्किट निर्माण गरिने
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • परासी । पश्चिम नवलपरासीमा जिल्ला समन्वय समितिको सातौँ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति नवलपरासी पश्चिमको आयोजनामा भएको सभाले  विभिन्न निर्णय  तथा नीति तथा कार्यक्रम पारित गदै सातौँ जिल्ला सभा  सम्पन्न गरेको  हो ।

    सभाले जिल्लामा सञ्चालन भएका योजना तथा कार्यक्रमको अनुगमनलाई प्रभावकारी बढाउने गर्ने निर्णय गरेको छ भने साबिक गण्डकी प्रदेश अन्तर्गत नवलपरासी पूर्व बिनय त्रिवेणी गाउँपालिकामा रहेको वडा न ६ र ७ लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम ल्याउने निर्णय गरिएको जिल्ला समन्वय समिति नवलपरासी पश्चिमका प्रमुख भगौती प्रसाद (रुदल)यादवले जानकारी दिए ।

    उनको अनुसार सबै स्थानीय तहहरूले नदी जन्य पदार्थको  कार्तिक मसान्तसम्म वातावरणीय परीक्षण गरी त्यसको रिपोट तथा जिल्ला समन्वय समितिलाई पेस गर्ने र रामग्राम नगरपालिका अन्तर्गत भएर बग्ने खोलाहरूबाट नदीजन्य पदार्थ आवश्यक प्रक्रिया पुराई निकासी गर्ने सभाले निर्णय गरेको बताए ।

    लामो समयसम्म निमार्णधिन रहेको हुलाकी मार्ग निमार्ण समयमा सम्पन्न नभएको हुँदा जनतालाई सास्ती खेप्नु परेकोले हुलाकी राजमार्ग आयोजना कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा तत्काल लेखी पठाउन र जिल्लामा भित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको खोज तलास तथा  प्रचारप्रसार गरी सबै विद्यालय तथा धार्मिक क्षेत्रलाई प्लास्टिक मुक्त क्षेत्र गर्ने सभाले सर्वसम्मत पारित गरेको प्रमुख यादवले जानकारी दिए ।

    जिल्लामा रहेका बुद्धसँग जोडिएका पर्यटकीय क्षेत्रलाई जोड्ने गरी बुद्ध सर्किट निर्माण गर्ने सभाले सर्वसम्मत पारित गरेको यादवले बताए ।

    जिल्ला समन्वय समितिले ठेक्का आव्हान भई निर्माण कार्य भइरहेको  सो प्रशासनिक भवन निमार्ण अन्तिम चरण रहेको र रकम अभावका कारण निर्माण रोकिने हुँदा जिल्ला भित्र रहेका  प्रत्येक नगरपालिका रु सात लाख र गाउँपालिका  पाँच लाख रकम उपलब्ध गराउने  सर्वसम्मत निर्णय गरिएको जिल्ला समन्वय अधिकारी ज्ञानुप्रासद पनेरुले जानकारी दिए ।

    सभामा जिल्ला समन्वय समितिका प्रमुख यादवले आर्थिक वर्ष २०८१।०८२को नीति तथा आगामी कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा गाउँपालिका अध्यक्ष उपाध्यक्ष  र नगरपालिका नगरप्रमुख उपप्रमुखहरू आ–आफ्नो धारण राखेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij