२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

७५ वटा जिल्लामा ५ हजार १ सय १९ जनामा डेङ्गी रोगको सङ्क्रमण, हैजाका बिरामी ६७ जना पुगे

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र ८ २०८१
शनिवार, भाद्र ८ २०८१
  • बुटवल ।  डेङ्गी र हैजा रोगको सङ्क्रमण बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाकाअनुसार डेङ्गी रोगको सङ्क्रमण ७५ वटा जिल्लामा पुगेको छ ।

    महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको बताउनुभयो । ७५ वटा जिल्लामा पाँच हजार एक सय १९ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस वर्ष अहिलेसम्म तीन जनाको ज्यान गइसकेको छ ।

    पानी जम्ने सफा ठाउँमा 'एडिज एजिप्टी र एडिस एल्बोपिक्टस' प्रजातिको लामखुट्टेले फुल पार्ने लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गी रोग लाग्दछ । काठमाण्डौ जिल्लामा चार सय २१ जना, भक्तपुर ५८ र ललितपुरमा ७९ जनामा  डेङ्गी सङ्क्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै 'लामखुट्टे खोज र नष्ट गर' अभियान सचालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।  

    यस्तै महाशाखाकाअनुसार हैजाका बिरामी ६७ जना पुगेका छन् । महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले ललितपुर, काठमाण्डौ, प्यूठान, मकवानपुर र कैलालीमा हैजाका बिरामी भेटिएको बताउनुभयो । उहाँकाअनुसार ललितपुरमा ४७, काठमाण्डौमा नौ, कैलालीमा आठ, प्यूठानमा दुई र मकवानपुरमा एक जनामा हैजा पुष्टि भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij