२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मरेङ रुपन्देही सम्पर्क मञ्चमा कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन

मरेङ रुपन्देही सम्पर्क मञ्चमा कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन

मरेङ रुपन्देही सम्पर्क मञ्चमा कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन

मरेङ रुपन्देही सम्पर्क मञ्चमा कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन

मरेङ रुपन्देही सम्पर्क मञ्चमा कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • बुटवल ।मरेङ रूपन्देही सम्पर्क मञ्च रुपन्देहीको १५ औं साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट दिनेश कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

    जसको उपाध्यक्षहरुमा नमराज सुवेदी, उमेश कुँवर, डोलराज फुल्लेल सचिवमा छत्रकुमार क्षेत्री, सहसचिवमा रामबहादुर सुनार कोषाध्यक्षमा कृष्ण भुसाल निर्वाचित भएको निर्वाचन समितिका संयोजक शालिकराम बन्जाडेले जनाए ।

    त्यसैगरी सदस्यहरुमा कृष्णप्रसाद आचार्य, शोभा फुल्लेल, शोभाखर बन्जाडे, सृजन थापा, नारायण आचार्य, प्रदीप आचार्य, मधु आचार्य निर्वाचित भएका छन् । बुटवल १३ जितगढीस्थित दुर्गा मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा परम्परागत तीज मिलन कार्यक्रम आयोजना गरिएको थियो ।

     

    7ea170f2-90ed-4a2f-a1d2-11d9dab4503d.jpg


    कार्यक्रममा प्रमुख अतिथि मालारानी गाउँपालिकाका उपाध्यक्ष दीपा पोखरेलले कर्मभूमिमा रहेर जन्मभूमिको लागि गरिएका सकारात्म्क कामले सबैलाई ऊर्जा थपेको बताइन् । उनले गाउँमा बढ्दै गएको बसाईसराईको समस्याले बजार क्षेत्रमा बसेकाहरुले नयाँ योजनाका साथ गाउँमा लगानी गर्ने योजना बनाउनुपर्ने बताउँदै त्यसका लागि पालिकाले सहयोग गर्ने बताइन् । उनले मौलिक संस्कृति संरक्षणका लागि पुराना पिँढीले नयाँ पिँढीलाई धेरै कुरा सिकाउनुपर्ने बताउँदै त्यसको संरक्षणका लागि जुट्नुपर्ने सुझाव दिइन् ।


    संस्कृतविद् राजेन्द्रकुमार आचार्यले नेपाली संस्कृति संरक्षणमा सबैले साथ दिनुपर्ने बताए । संरक्षक शालिकराम बन्जाडेले संस्थागत विकासमा जोडिएसँगै आपसी सामीप्यता बढाउने बताए ।मञ्चका अध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षता तथा सचिव उमेश कुँवरको संचालनमा भएको कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरु ऋषि आजाद, झविन्द्र फुल्लेल, ८४ पूजा सम्पन्न गरेका यमकला बस्नेत, लिलाम्बर आचार्य, चन्द्रकान्त आचार्यले संस्थागत सम्बन्ध र तीज पर्वको महत्वको विषयमा धारणा राखेका थिए ।
    साविक मरेङ र हालको मालरानी १ र २ वडाका रुपन्देही आएर विभिन्न व्यवसाय गरी बस्ने तीन दर्शनभन्दा बढी व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij