२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

वडाध्यक्षकै अगाडि वडाकार्यालयमै कुटिए दम्पत्ति

वडाध्यक्षकै अगाडि वडाकार्यालयमै कुटिए दम्पत्ति

वडाध्यक्षकै अगाडि वडाकार्यालयमै कुटिए दम्पत्ति

वडाध्यक्षकै अगाडि वडाकार्यालयमै कुटिए दम्पत्ति

वडाध्यक्षकै अगाडि वडाकार्यालयमै कुटिए दम्पत्ति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • बुटवल ।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर-१४ को कार्यालयभित्रै सर्वसाधारण कुटिएका छन् । जग्गाको विषयमा विवाद हुँदा एक दम्पतीमाथि रगताम्य हुनेगरी कुटपिट भएको हो ।

    जग्गा सम्बन्धी विवाद समाधानका लागि वडाध्यक्ष सन्त बहादुर गाहासँग वडा कार्यालयमा छलफल भइरहेको समयमा स्थानीय राजबहादुर क्षेत्री र उनकी श्रीमती पार्वती क्षेत्रीमाथि कुटपिट भएको हो ।

    सामान्य भनाभनपछि क्षेत्री दम्पत्तिमाथि वडा नम्बर १४ धर्मबस्ती बस्ने प्रेमबहादुर कामु र उनका दाजुभाइ कृष्ण कामु, जीवन कामु र रितमान कामुको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।


    वडा अध्यक्ष गाहाका अनुसार बाटो निकासीका सम्बन्धमा भएको विवाद समाधानका लागि निवेदन परेको थियो, सोही निवेदनका आधारमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।

    ‘विवाद सम्बन्धित जग्गाधनी नभएपछि समाधान हुने देखिएन, मैले जग्गाधनी आएपछि थप छलफल गरौँला भनेको थिए तर मेरै अगाडि एक्कासि हातपात भयो’, वडाध्यक्ष गाहाले भने ।

    कुरा नमिलेपछि दुवै पक्षबीच विवाद चर्किदा पार्वती क्षेत्रीलाई लक्षित गरेर अपशब्द बोलेपछि उनले दुई झापड हानेको र त्यसपछि कामु दाजुभाइले उनीसहित श्रीमानलाई समेत कुटपिट गरेको वडाध्यक्ष गाहाले जानकारी दिए ।

    कुटपिटपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए पनि शनिवार नभएको जनाए । आइतबार घटनाबारे थप अनुसन्धान गरेर जाहेरी दर्ता गर्ने प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिए ।

    कुटपिटपछि घाइते भएका राजबहादुरको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको उनका मामा लक्ष्मण जंग हमालले बताए । हमालले उनीहरुमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

    परिवारजनले राजनैतिक शक्तिको आडमा उनीहरूलाई जोगाउने प्रयास भइरहेको भन्दै घाइतेको निःशुल्क उपचार र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

    कुटपिट गर्ने कामु दाजुभाइ नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । घटनाको सन्दर्भमा वडा कार्यालयले विज्ञप्ति समेत जारी गर्दै घटनाको न्यायिक निरूपणको पक्षमा वडा कार्यालय रहेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij