बुटवल । खुद्रा किराना व्यावसायिक सङ्घ रुपन्देहीद्वारा तिज मिलन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ। ज्येष्ठ नागरिक बसुन्धारा बस्याललाई प्रमुख अतिथि रहेका कार्यक्रममा संस्थाका अध्यक्ष महेन्द्र प्रसाद पोखरेल अध्यक्ष भएको थियो।
विशेष अतिथि मानव अधिकार तथा शान्ति समाज रुपन्देही सभापति कृष्णप्रसाद भट्टराईले तिजमा पछिल्लो समय विकृत भएको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए।
महासचिव दधिराम न्यौपानेसञ्चालनको निर्वमान अध्यक्ष मोहन प्रसाद बस्याल, सल्लाहकार कृष्णप्रसाद पाण्डे, संस्थापक अध्यक्ष टिकाराम गैरे, पुर्व अध्यक्ष कमला गौतम, ज्ञानु प्रसाद न्यौपाने, कार्यक्रम संयोजक राधा भुसाल लगायत बोल्दै तिजलाई मौलिकता भएको बताए।
सह आयोजक देउराली उपभोक्ता सहकारी संस्था रहेको थियो। संस्थाले ७२ सालदेखि वृद्धाहरू दर खुवाए सुरुवात गरेपछि प्रत्येक वर्ष खुवाउने गरेको छ।




