२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको निर्देशनः प्राप्त गरेको जिम्मेवारी पुरा गर्नुहोस

निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको निर्देशनः प्राप्त गरेको जिम्मेवारी पुरा गर्नुहोस

निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको निर्देशनः प्राप्त गरेको जिम्मेवारी पुरा गर्नुहोस

निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको निर्देशनः प्राप्त गरेको जिम्मेवारी पुरा गर्नुहोस

निर्माण व्यवसायीलाई मुख्यमन्त्रीको निर्देशनः प्राप्त गरेको जिम्मेवारी पुरा गर्नुहोस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कामको जिम्मेवारी लिने तर, पुरा नगर्ने प्रवृत्तिले समस्या निम्तिएको बताउनु भएको छ ।

    निर्माण व्यवसायीले आफुले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरु देखिएको भन्दै समयमा जिम्मेवारी पुरा गर्ने तर्फ ध्यान दिन आग्रह गरे ।

    दिगो निर्माण, विकासको आधार, राष्ट्रको समृद्धि, गुणस्तरीय पूर्वाधार मुख्य नारा सहित लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सुरु भएको नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटिको दोस्रो अधिवेसन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारले काम गरिहरको समेत जानकारी दिए ।

    ‘निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पुरा गर्ने कि नगर्ने । अहिले आयोजनाहरु अलपत्र देखिन्छन्’उनले भने,‘काम पुरा गर्न, भुक्तानी लिन असार किन किर्नुपर्छ ? पहिलेनै काम सम्पन्न गर्न केले रोक्छ ?’

    सरकारले योजना कार्यान्वयनलाई गुणस्तरीय र प्रभावकारी बनाउन पाँच लाख भन्दा माथीका योजनालाई प्रतिसपर्धाको माध्यमबाट कार्यान्वयन गर्ने नीतिगत निर्णय गरेको समेत जानकारी दिए।

    योजना कार्यान्वयनमा हुने चुहावट रोक्न सरकार प्रतिबद्ध रहेकाले निर्माणको कामलाई प्रतिसपर्धाको माध्यबाट अघि बढाउन खोजेको स्पष्ट पारे ।

    ‘साना साना योजनालाइ जोडेर इ टेण्डर गर्ने छौं । यसबाट निर्माण व्यवसायीहरुलाई समेत कामको वातावरण बन्नेछ’उनले भने,‘गुणस्तरीय काम गर्ने, त्यसलाई छिटो छरितो समयमा सम्पन्न गर्ने विषयमा यहाँहरुको प्रतिबद्धता चाहिन्छ । सरकारले त्यसका लागी वातावरण बनाउछ ।’


    योजना कार्यान्वयन गर्दा सरकारले गत बर्षको दुई अर्ब १३ करोड भुक्तानी दिनुपर्ने जिम्मेवारी थपिएको छ । तर, स्रोत जुटाउनेगरी सरकारले पहल लिएको भनाई उनको छ ।

    गत बर्ष खानेपानी आयोजनाको लागी ५८ करोड रकम भुक्तानी गरेर विचमा रोकिएका आयोजनालाई गति दिने काम गरेको समेत बताए ।

    निर्माण व्यवसायीले गर्ने राम्रो कामलाई नागरिक स्तरबाट मुक्त कण्ठले प्रशंसा गर्ने वातावरण निर्माण गर्न सकिने र त्यसमा ध्यान दिन आग्रह गरे।

    नेपाल निर्माण उद्योग परिषद लुम्बिनीका अध्यक्ष टोपबहादुर रायमाझीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्म चौधरीले समृद्ध लुम्बिनी बनाउने अभियानमा सरकार र निर्माण व्यवसायी संगै जानुपर्ने बताए।

    ‘सरकारले बनाउने हरेक कामलाई निर्माण व्यवसायीले पूर्णता दिनुपर्छ । समयमा योजना सम्पन्न गर्नेगरी यहाँहरुले ध्यान दिनुहुनेछ’उनले  भने,‘समृद्ध प्रदेश निर्माणको अभिभारा पुरा गर्ने दायित्व सबैको हो ।’

    नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य अशोक कुमार केसीले सरकारले खरिद नियमावीलाई समयानकुल बनाउनुपर्ने बताए ।

    ‘हामीहरुको अवस्था ज्ञात होला । काम गरेको भुक्तानी पाइएको छैन  । खरिद नियमावलीले व्यवसायीलाई मर्का पारेको छ । व्यवसायी मैत्री खरिद नियमावली हुनुपर्छ’उनले भने,‘निर्माण व्यवसायीको कार्यक्षमता बढाउन संघीय र प्रदेश सरकारले ध्यान दिनुपर्ने छ । सहज र सरल रुपमा ऐन, कानुन, नियम आउनुपर्छ । जसले काम गर्ने वातावरण मिल्छ ।’


    कार्यक्रममा नेपाल इन्जिनिएर्स एसोशिएसनका तथा पूर्व डिभिजन प्रमुख जयलाल मरासिनी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सचिव लक्षमण आचार्य, नेकपा एमाले अध्यक्ष बालकृष्ण काउचा, रुपन्देही जिल्ला पार्टी अध्यक्ष यज्ञ गैरे, एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्य, परिषदका इञ्चार्ज पुण्यप्रसाद पौडेललगायतले सहि नीति र स्पष्ट विचारले मुलुकको विकास गर्ने भन्दै त्यस तर्फ अघि बढ्न आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण नवराज श्रेष्ठले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij