२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

श्रीकृष्ण जन्माष्टमीमा मुख्यमन्त्रीको सन्देशः समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

    श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना दिदै उनले प्रदेश सरकार विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दुमा राखेर समृद्ध र आत्मनिर्भर लुम्बिनीको आकांक्षा पुरा गर्न प्रतिबद्ध रहेको बताएका हुन ।

    प्रदेश सरकारका कामकारवाहीलाई उत्तरदायी, पारदर्शी, सहभागितामूलक तथा मितव्ययीबनाई सुशासन प्रवद्र्धन गर्न सरकारले अभियान थालिसकेको जानकारी दिएका छन् । 

    सुशासनकायम गर्ने विषयलाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेर सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न नीतिहरु अबलम्वन गरेको छ ।

    नागरिक तहमा आशा, भरोसा र विश्वासको वातावरण निर्माण गर्न सरकार दृढ रहेको भनाई मुख्यमन्त्री आचार्यको छ । समृद्ध प्रदेशको माध्यमबाट मुलुकको समग्र विकासको महाअभियानमा जोडिन सबै राजनैतिकदल, सामुदायिक संघ संस्था र आम नागरिकहरुमा अपिल समेत गरेका छन् । 

    भगवान श्रीकृष्ण प्रतिको आस्थाले गलत प्रवृतिविरुद्ध लडी असल आचरण, सदाचार, पुण्य र सत्कर्म प्राप्त गर्न उत्प्रेरित गर्ने, यो पर्वले सामाजिक एकता, प्रेम र आपसी सहयोगको भावनाको प्रबद्र्धन गरेको समेत उल्लेख गरेका छन् ।

    विभिन्न जाति, धर्म र समुदायका मानिसहरुलाई एक सुत्रमा बाँध्न र एक आपसको सौहाद्र्धताको वातावरण बनाउँदै आएको समेत शुभकामना सन्देशमा उल्लेख छ । सांस्कृतिक पर्वहरूले सामाजिक सद्भाव र जागरणमा योगदान दिने गर्छन् । श्रीकृष्ण जन्माष्टमीले आध्यात्मिक चिन्तन र ध्यानमा समेत प्रेरित गरेको छ’शुभकामना सन्देशमा भनिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij