२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको चौथो अधिबेशन अध्यक्षमा घिमिरे र महासचिबमा जिसी

भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको चौथो अधिबेशन अध्यक्षमा घिमिरे र महासचिबमा जिसी

सहरमा बस्नेले गाउँमा लगानी गरेर साना तथा मझौला उद्योग सञ्चालन गरौ मन्त्री पन्थी

भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको चौथो अधिबेशन अध्यक्षमा घिमिरे र महासचिबमा जिसी

भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको चौथो अधिबेशन अध्यक्षमा घिमिरे र महासचिबमा जिसी

सहरमा बस्नेले गाउँमा लगानी गरेर साना तथा मझौला उद्योग सञ्चालन गरौ मन्त्री पन्थी

भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको चौथो अधिबेशन अध्यक्षमा घिमिरे र महासचिबमा जिसी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • बुटवल ।  भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको छैठौं साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ। महिलाहरुको चाड हरितालिको अबसर पारेर समाजले तीज मिलन तथा छैठौं साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न गरेको हो।


    अधिबेशन उदघाटन गर्दे लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रि दिनेश पन्थीले उदघाटन गरे ।उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका मन्त्री पन्थीले गाउँबाट बिभिन्न पेसा ब्यवसाय गर्न  सहरमा बस्नेले गाउँमा आफुले सिकेको शीप लगानी गरेर साना तथा मझौला उद्योग सञ्चालन गर्न सुझाब दिए।

     
    हामीले आफनो जन्म भूमिप्रति माया गरेर त्यस ठाउँबाट पलाएन हुने जनशक्तिलाई गाउँमै रोजगारी दिएर बस्ने बाताबरण बनाउनु पर्ने बताए । उनले परम्परागत सैलिमा सञ्चालन भएको हाम्रा संस्कृतिहरूलाई पश्चिमेली संस्कृतितर्फ नढाल्न आग्रह गरे।

    अधिवेशनमा मदाने गाउँपालिका अध्यक्ष  महेन्द्र बहादुर कुबरले आफनो जन्मथलो लाई उचाईमा पुराउन सम्पर्क समाजको महत्वपुणर् भुमिका रहने बताए। आफुहरु सम्पर्क समाजसँग सहकार्य गरेर बिकास तथा अन्य काममा अघि बढने बताए।

    कार्यक्रममा मदाने गाउँपालिका उपाध्यक्ष सरिता खडका वडा नं ७का वडा अध्यक्ष सन्तोष केसी  नेपाल कर्मचारी युनियनका केन्द्रिय सदस्य नबिन पन्थी सम्पर्क समाजका सल्लाहकार भोजबहादुर केसी गुल्मी मदाने सम्पर्क समाजका अध्यक्ष अर्जुन कुबँर लगायतले बोल्दै आफनो गाउँ समाजको बिकासका लागी सबै सधै हातेमालो गर्नुपर्ने बताए।

    सम्पर्क समाजका अध्यक्ष लोकनाथ पन्थीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब भोजराज जिसीले गर्नु भएको भनभने रुपन्देही सम्पर्क समाजका सल्लाहकार बुद्धि पराजुलीले बताए।


    भनभने (गुल्मी) सम्पर्क समाज रुपन्देहीको छैठौं साधारण सभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

    समितिको अध्यक्षमा बिष्णु प्रसाद घिमिरे, बरिष्ठ उपाध्यक्षमा शाबित्रा देवी पन्थी प्रथम उपाध्यक्षमा बिष्णु हरि पन्थी द्धतिय उपाध्यक्षमा भोजराज जीसी तृतिय उपाध्यक्ष प्रकाश पन्थी महासचिवमा पदम जिसी सचिवमा चिन्तामणि पन्थी कोषाध्यक्षमा मीनराज पन्थी सहकोषाध्यक्षमा कमला केसी रहेका छन । 


    त्यस्तै सदस्यहरुमा गोपाल भन्डारी,मिन प्रसाद पौडेल,जगत चन्द तुल्सीराम पन्थी कमल पन्थी,मिलन पन्थी,कमला पौडेल,नारायण प्रसाद पौडेल,टंक पन्थी र झबिन्द्र पन्थी रहेको निर्वाचन समितिका सदस्य भोजबहादुर केसीले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij