बुटवल ।पाल्पाको तानसेनमा कार दुर्घटनामा परी एक भारतीय नागरिकको मृत्यु भएको छ । तानसेन रानीमहल सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका–१ नारनडाँडामा आइतबार राती कार दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठका अनुसार तानसेनबाट रानीमहलतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी १४ डिएन १०४ नम्बरको कार आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी कार चालक भारत उत्तर प्रदेशका २८ वर्षिय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारको लागि तानसेनस्थित मिसन अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।




