२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

आम्दाका वरिष्ठ शिशु तथा वाल रोग विशेषज्ञ डा खनाल अब क्रिमसन अस्पतालमा

आम्दाका वरिष्ठ शिशु तथा वाल रोग विशेषज्ञ डा खनाल अब क्रिमसन अस्पतालमा

आम्दाका वरिष्ठ शिशु तथा वाल रोग विशेषज्ञ डा खनाल अब क्रिमसन अस्पतालमा

आम्दाका वरिष्ठ शिशु तथा वाल रोग विशेषज्ञ डा खनाल अब क्रिमसन अस्पतालमा

आम्दाका वरिष्ठ शिशु तथा वाल रोग विशेषज्ञ डा खनाल अब क्रिमसन अस्पतालमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • बुटवल । बालबालिका भनेको संवेदनशील उमेर समूह हो । जहाँ उनीहरुको स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, छिट्टै बिरामी हुने जस्ता समस्या बालबालिकामा बढी देखिने भएकाले अभिभावक सचेत हुनु आवश्यक छ ।

    बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्याबारे अभिभावक सचेत र सावधान नहुँदा ठूलो रोग वा समस्या निम्तिन सक्दछन । आफ्ना बालबालिकामा समस्याहरु देखिँदा अभिभावकहरु डराउने र आत्तिने गर्छन् । जुन कुरा गलत हो । बालबालिका विरामी भए वा कुनै स्वास्थ्य समस्या देखिए चिकित्सककोमा परामर्श लिनु उपयुक्त हुन्छ ।

    पोखरास्थित मणिपाल अस्पताल तथा बुटवलको आम्दा अस्पतालमा लामो समय काम गरि हाल क्रिमसन अस्पतालमा कार्यरत वरिष्ठ शिशु तथा वाल रोग विशेषज्ञ डा अनिल खनालसँगको कुराकानीलाई आधार मान्ने हो भने वयस्कहरुमा जस्तै बालबालिकाहरुमा पनि विभिन्न खाले समस्या समस्याहरु देखा पर्ने गर्दछन ।

    स्वासप्रस्वास सम्वन्धि समस्या ः वालवालिकाहरुमा देखा पर्ने समस्याहरु मध्ये स्वासप्रश्वास सम्बन्धि समस्या पनि एक हो । डा खनालका अनुसार स्वासप्रस्वास बालबालिकाहरुमा रुघाखोकी, घाटी घ्यार घ्यार हुनु, सास फेर्न गाह्रो हुनु, निमोनिया, बाल दम तथा फोक्सोमा संकमण लगायतका अनेकौं समस्याहरु देखा पर्न सक्दछन ।

    त्यस्तो अवस्थामा बालबालिकाको अवस्था हेरि उपचार र परामर्श अनुरुप अगाडी बढनुपर्ने हुन्छ । यी सम्पुर्ण उपचारमा आफुले लामो अनुभव बटुलेको र यस्ता समस्यामा बालबालिकाको मनस्थिति र मनोदशा बुझेर नै उपचारको विधि अपनाइने डा खनालको भनाई छ । 


    मुख्य अंगहरुमा देखिने समस्या ः मुटु, किडनी, कलेजो यी यस्ता अंगहरुमा देखा पर्ने समस्या र रोगको प्रकृति बालबालिकाको उमेर र अवस्था अनुसार फरक हुने डा खनालको भनाई छ । कतिपय अभिभावकहरु आफ्ना बालबालिकामा हुने यस्ता समस्यासँग जानकार नहुदाँ र महगों खर्च लाग्ने हो कि भन्ने डरका कारण पनि समस्या धेरै नै बल्झिने गरेको छ । केही दिन अघि मात्रै नियुक्ति लिएका डा खनालले क्रिमसन अस्पताल मै यस्ता समस्याहरुको अब निर्धक्क उपचार हुने छ । 


    एलर्जी ः डा खनालले खानपान, रहनसहन तथा वातावरणमा आएको परिवर्तनका कारण बालबालिकामा एलर्जीको समस्या धेरै नै देखिने गरेको डा खनालको अनुभव छ । एलर्जीका प्रकुति र प्रकार फरक हुने भएकाले त्यस्ता समस्याको समाधार र निदानका लागी क्रिमसनमा आई राम्रोसँग चेकजाँच गराई सफल उपचार गर्न सकिने डा खनालले जनाए । उनका अनुसार विशेषगरि बालबालिकामा अस्थमा एलर्जी, एलर्जी राईटाइटिस, फुड एलर्जी जस्ता एलर्जीहरु हुने गर्दछन ।


    कुपोषण तथा पोषण सम्बन्धि उपचार तथा परामर्श ः  बालबालिकामा शारीरिक विकासको समस्याहरु लिएर पनि धेरै अभिभावकहरु चिन्तित हुने गरेको भनाई डा खनालको अनुभव छ । बालबालिकाको शारीरिक विकासको अवस्था हेर्नका लागि अभिभावकले उहि उमेरका अन्य बालबालिकालाई हेर्न सुझाव दिन्छन् डा.खनाल । त्यस्तै बालबालिकालाई घरमै बनेको पौष्टिक आहार खुवाउन आवश्यक रहेको पनि उनी बताउँछन् ।  


    कुपोषण हुनुका कारणहरू  
    जन्मजात कुपोषण 
    पौष्टिक खाद्य, खानाबारे अज्ञानता
    गर्भावस्थामा आमाले पोषक तत्त्व सहितको खाना खान नपाउनु, नखानु
    पौष्टिक खाना वा आहारको अपर्याप्तता, अभाव, भोकमरी
    भिटामिन तथा खनिज पदार्थको कमी 
    अस्वस्थ वातावरणको असर
    विषादीयुक्त खाद्य, तयारी खानाको अधिक उपभोग
    समयमा स्वास्थ्य स्याहार र सेवा नपाउनु 

    बिरामी पर्नु, जस्तै शिशु बालबालिकालाई दीर्घ झाडापखाला, निमोनिया र बारम्बार बिरामी भइराख्नु आदि कुपोषण हुनका मुख्य कारक तत्व रहेको डा खनालको अनुभव छ । यी समस्याहरुको निदान र पोषणका विषयमा पनि क्रिमसन आई उपचार र परामर्श लिन सकिने छ । 


    मानसिक तथा अटिजम उपचार ः कुनै बच्चामा बोली फुट्नु अगाडि वा जन्मजातै पनि मानसिक समस्या हुनसक्छ । तर समस्या भएको कुरा बालबालिका १२÷१३ वर्ष उमेरको भएपछि मात्र प्रष्ट रुपमा थाहा हुन्छ । बालबालिकामा ठ्याक्कै यो कारणले मानसिक समस्या हुन्छ भन्न सकिँदैन तर प्रमुख कारण सामाजिक पाटो हो । बालबालिकालाई सामाजिक बनाउन के गर्ने ? भन्ने विषयमा पनि आफुले लामो समय अनुसन्धान र खोज गरेको डा खनाल बताउँछन । उनका अनुसार यस्ता समस्याका लागी पनि क्रिमसन आउन डा खनालको सुझाव छ ।


    अन्य ः डा खनालले भर्खरै जन्मेका शिशुहरुलाई चाहिने एनआईसियु तथा भेन्टिलेटर लगायतका सम्पुर्ण सेवा र सुविधा क्रिमसन अस्पतालमा उपलब्ध रहेको जानकारी दिएका छन ।

    उनले बालविकाश सम्बन्धि समस्याहरुको उपचार, जस्तै हिडन बोल्नमा ढिलो, सामाजिक विकाशमा ढिलाई, अटिजम, उमेर नगुगि जन्मेका बालबालिकाको स्याहार सुहार, भाईरल ज्वरो, जण्डिस, थायराइड, सुगर सम्बन्धि समस्या र उपचार तथा उमेर अनुसार तौल कमि वा बढी हुनु, बालबालिकालाई लगाइने अतिरिक्त खोपका विषयमा खापसेवा तथा निशुल्क परामर्श, मुत्रनली सम्वन्धि समस्या पहिचार र उपचार पनि क्रिमसन मै गर्न सकिने त्रताए ।

    साथै उनले टाउको दुखाई, मृर्गी, बारम्बार बेहोस हुने, टाउकोको संक्रमण सम्बन्धि सम्पुर्ण रोगहरुको निदान तथा सेवाहरु अब आफु कार्यरत क्रिमसन अस्पतालबाटै लिन र गर्न सकिने डा खनालले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij