२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दुई दिने राष्ट्रिय सम्मेलन गर्दै युवा उद्यमी मञ्च

दुई दिने राष्ट्रिय सम्मेलन गर्दै युवा उद्यमी मञ्च

दुई दिने राष्ट्रिय सम्मेलन गर्दै युवा उद्यमी मञ्च

दुई दिने राष्ट्रिय सम्मेलन गर्दै युवा उद्यमी मञ्च

दुई दिने राष्ट्रिय सम्मेलन गर्दै युवा उद्यमी मञ्च
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • बुटवल । रुपन्देहीमा ७ औं संस्करणको २ दिने युवा उद्यमी सम्मेलन हुने भएको छ । युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ स्थापना भएको नेपाली युवा उद्यमी मंचले रूपन्देहीमा दुई दिने राष्ट्रिय नेतृत्व सम्मेलन गर्दैछ ।


    नेपाली युवा उद्यमी मन्च रूपन्देहीको आयोजनामा टाइगर रिर्सोटमा हुने कार्यक्रममा माननिय उपप्रधानमन्त्री तथा अर्थ मन्त्री बिष्णु पौडेलले कार्यक्रमको उद्धघाटन गर्नेछन ।

     देशभरका युवा उद्यमीहरूलाई जमघट गराएर एक आपसमा उद्यमशीलता विकास र नेतृत्वका विषयमा छलफल हुने नेपाली युवा उद्यमी मंच रूपन्देहीका अध्यक्ष रिसव वझा जानकारी दिए ।


    भदौ १४ र १५ गते दुई दिन हुने कार्यक्रमको तयारी पूरा भएको सोमबार बुटवलमा पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा द्धितिय उपाध्यक्ष अनिश कसौधनले बताए ।

    डिजीटल युगमा नौलो र फरक सुबिधा सहित हाम्रो भबिस्य बारे र हामीले कसरी आफ्नो घर ,परिवार, साथीभाई , र वरिपरी तथा समाजमा कसरी उद्धमशिलता विकास कसरी गर्ने उद्धमशिलता मार्फत समावेशिता बढाउन र हरेक सदस्यहरु सङ भयका फरक क्षमतालाई , विविध प्रतिभालाई ,सानोसानो काम मार्फत र स– सानो लघु उद्धमका मार्फत प्रोत्साहित गर्न मद्दत गर्न सकिन्छ भन्नेबारे उद्देश्यका साथ युवा उद्ममी मन्च को साझा धारण बनाउने यो सम्मेलको मुख्य एजेन्डा रहेको संयोजक कसौधनले जानकारी दिए ।


    कार्यक्रममा देशभरका युवा उद्यमीहरू भेला हुनेछन् । भेलामा प्यारालाल ट्क, ललिङ्ग चेयर,कनेक्ट, पेसिडेन्ट मिट गरि ७ चेयर छलफ हुनेछ  । कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघ का पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रि का  पूर्व उपाध्यक्ष सुरज वैद्म, रवि रायमाझी प्रमुख वक्ताहरू भएको उनले बताए ।


    नेपाली युवा उद्यमी मंचले आफनो वार्षिक कार्ययोजना अनुरूप दुई दिने राष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न गर्न लागेको राष्ट्रिय गर्भनिङ काउन्सिलका अध्यक्ष कुसल सुन्दर श्रेष्ठले बताए ।


    नेपालभरमा रहेका १४ च्याप्टरबाट १८२ जना युवा उद्यमीहरू गोष्ठी र तालिममा सहभागि हुने छन । काठमाण्डौं, बिरगंज, जनकपुर ,ललितपुर, पोखरा, बिराटनगर, चितवन, सुनसरी, कैलाली , काभ्रे झापा ,सुनसहरी नेपालगंज, कैलाली र रूपन्देही गरी १४  च्याप्टरमा ८ सय ५० बढी युवा उद्यमीहरू रहेको युवा उद्यमी मञ्वका मिडिया चेयर मन्जिल विश्वकर्माले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij