२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नेपाली जुत्ता घर पुनः सञ्चालन

नेपाली जुत्ता घर पुनः सञ्चालन

नेपाली जुत्ता घर पुनः सञ्चालन

नेपाली जुत्ता घर पुनः सञ्चालन

नेपाली जुत्ता घर पुनः सञ्चालन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • बुटवल ।   बुटवलको मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता घर पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएपछि जुत्ता घर सहित सबै पसलहरु बन्द थिए ।

    अहिले दुई महिनाको डेढलाख भाडा तिर्ने र जुत्ता विक्रिको १५ प्रतिशत नाफा लिनेगरी ठेक्काको शैलीमा टेन्ट टांगेर पसल सञ्चालन गरिएको हो । टेन्ट भित्र विभिन्न ८ वटा कम्पनीका जुत्ता छुट अफर सहित विक्रि गरिने मेलाका सञ्चालक प्रकाश भुसालले बताए ।

    यसअघि जुत्ता मेलाको नाममा ब्यापार गर्न खोजिएकोमा बुटवलका चार वटा व्यवसायिक संस्थाले मेलाको परिभाषा र उद्देश्य विपरित भएको भन्दै आपत्ति जनाउंदै मेला रोक्न भनेका थिए । आम व्यवसायीको विरोधपछि सोमबार भएको छलफलमा मेला नगर्ने सहमति भई जुत्ता घर पसल पुनः सञ्चालन भएको हो । जुत्ता घरको लुम्बिनी प्रदेशका पूर्वमन्त्री विष्णु पन्थीले आईतबार उद्घाटन गरे । 


    यसैबीच जुत्ता उत्पादक संघका अध्यक्ष रुद्र न्यौपानेले नेपालमा १० करोड जोर जुत्ता चप्पलको माग भएपनि नेपालका उद्योगले १६ करोड जोडी जुत्ता चप्पल उत्पादन गर्न सक्ने पुर्वाधार भएको बताए । उनले करीब ४ करोड जोडी जुत्ताचप्पल बाहिरबाट भित्रिने गरेको बताए । साढे दुई करोड जोडी जुत्ता चप्पल राजश्व छली गरेर भित्रिने गरेको न्यौपानेले बताए । 


    कार्यक्रममा फुटवेयर म्यानुफ्याक्चरर एशोसियसन अफ नेपालका केन्द्रिय उपाध्यक्ष सुरज बन्जाडेले नेपाली उपभोक्ताहरुको मागको ६५ प्रतिशत हिस्सा नेपाली उत्पादनवाट भइरहेको बताए ।

    बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले एकजना व्यक्तिले मेलाको नाममा भ्रम छरेर उपभोक्तालाई झुक्याउन खोजेको  देखिएपछि व्यवसायिक संस्थाहरु एक ठाउंमा उभिएर प्रतिवाद गरेको बताए । ‘पसल चलाउन पाइन्छ, सित्तैमा सामान दिए पनि आपत्ति भएन, तर एकजना व्यक्तिले २–४ वटा पसललाई मेलाको नाम दिएर उपभोक्ता झुक्याउन र भ्रम छर्न पाइदैन,त्यसैले मेला नभई पसल पुनः सञ्चालन गर्ने सहमति भएको हो’–अध्यक्ष अर्यालले स्पष्ट पारे ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij