२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

शंखध्वनी, भजन र तिजगीत प्रतियोगिता सम्पन्न

शंखध्वनी, भजन र तिजगीत प्रतियोगिता सम्पन्न

शंखध्वनी, भजन र तिजगीत प्रतियोगिता सम्पन्न

शंखध्वनी, भजन र तिजगीत प्रतियोगिता सम्पन्न

शंखध्वनी, भजन र तिजगीत प्रतियोगिता सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • नवलपुर । नवलपुरको कावासोतीमा रहेको नवलपुर एफ.एम. १०४.७ मेगाहर्जको आयोजनामा राष्ट्रिय शंखध्वनी, भजन र विद्यालय स्तरीय तिजगीत प्रतियोगिता भएको छ । राष्ट्रिय शंखध्वनी प्रतियोगितामा देवचुलीका प्रकाश ढकाल प्रथम भएका छन् । 

    शंखध्वनी प्रतियोगिताका निर्णायक मण्डकका संयोजक प्रकाश पराजुलीका अनुसार कावासोती ८ का ऋतिक पाण्डे द्वितीय, सुमति घिमिरे तृतीय र देवचुलीका लक्ष्मण पाठक सान्त्वना भएका छन् ।
     
    शंखध्वनी प्रतियोगितामा प्रथम हुनेले ५ हजार, द्वितीय हुनेले ३ हजार, तृतीय हुनेले २ हजार र सान्त्वना स्थान हाँसिल गर्नेले १ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।
     
    त्यसैगरी भजन प्रतियोगितामा राधेराधे भजन समूह प्रथम, लोक संस्कृति भजन समूह द्वितीय, लालीगुराँस भजन समूह तृतीय र दुर्गाहरि भजन समूहले सान्त्वना स्थान हासिल गरेको छ ।

    भजन प्रतियोगितामा प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ७ हजार, तृतीय हुनेले ४ हजार र सान्त्वना हुनेले १ हजार प्राप्त गरेका थिए । 

    त्यसैगरी विद्यालय स्तरीय तिजगीत प्रतियोगितामा लर्डबुद्ध एकेडमीका विद्यार्थी समूह प्रथम, शिव मावि कावासोतीका विद्यार्थीहरुको समूह द्वितीय, आरम्भ एकेडमी कावासोतीका विद्यार्थी समूह तृतीय र जनता मावि विष्णुनगरका विद्यार्थी समूहले सान्त्वना स्थान हासिल गरेको छ ।

    प्रतियोगिताका विजयीहरुलाई गण्डकी प्रदेशका पूर्व सांसद ओमकला गौतमले पुरस्कारहरु वितरण गर्नुभएको थियो । 

    नवलपुर एफ.एमका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा भएको प्रतियोगितामा राष्ट्रिय शंखध्वनि तर्फ १५ जना, भजनप्रतियोगिता तर्फ १२ वटा समूह र विद्यालय स्तरीय तिजगीत तर्फ २१ वटा समूहको सहभागिता रहेको थियो । 

    प्रतियोगिताको गण्डकी प्रदेशका सांसद एवम् पूर्व मन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गर्नुभएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij