२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सुरुङ मार्गको प्रगती बुझ्दै मुख्यमन्त्री, चाँडै ब्रेक थ्रु गर्ने तयारी

सुरुङ मार्गको प्रगती बुझ्दै मुख्यमन्त्री, चाँडै ब्रेक थ्रु गर्ने तयारी

सुरुङ मार्गको प्रगती बुझ्दै मुख्यमन्त्री, चाँडै ब्रेक थ्रु गर्ने तयारी

सुरुङ मार्गको प्रगती बुझ्दै मुख्यमन्त्री, चाँडै ब्रेक थ्रु गर्ने तयारी

सुरुङ मार्गको प्रगती बुझ्दै मुख्यमन्त्री, चाँडै ब्रेक थ्रु गर्ने तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ११ २०८१
मंगलवार, भाद्र ११ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले निर्माणाधिन पाल्पाको सिद्धबाबा सुरुङ मार्गको अवलोकन गर्नु भएको छ । सुरुङ मार्गको स्थलग निरिक्षण गर्दै मुख्यमन्त्री आचार्यले प्रगतीबारे जानकारी लिएका छन् । बन्दै गरेको सुरुङ प्रदेशको पहिलो सुरुङ मार्ग रहेको बताउदै उनले विकास निर्माणको क्षेत्रमा नयाँ युगको सुरुवात भएको स्मरण समेत गर्नु गरे ।

    चाँडै सम्पन्न भएर नागरिकलाई आवतजावतमा सहजता हुने, पर्यटन प्रबद्र्धनमा समेत यो मार्गले टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको छ । यस्तै सभामुख तुलाराम घर्तीमगरले सुरुङ मार्गको अवलोकन गर्दै मृत्यु मार्गको रुपमा परिचित सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरुङ मार्ग कोशेढुंगा सावित हुने बताए । 


    अहिले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबिसै घण्टा खन्ने काम भइरहेको छ । अवको दुई देखी तीन महिना भित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका ईञ्जिनियर सविता ज्ञवालीले जानकारी दिइन ।

    image00001.jpeg


    यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो योजना अन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने छ ।यस खण्डको चार किलोमिटर पहिरो आउने क्षेत्रभित्र पर्छ ।

    सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो । सुरुङको बीचबीचमा आपत्कालीन द्वारका रूपमा तीन वटा क्रस प्यासेज निर्माण भइरहेको छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ ।

    image00002.jpeg

    क्रस प्यासेजहरूको मात्र कुल दूरी ४ सय ४१ मिटर छ । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५ सय ६७ मिटर छ । यो खण्ड भएर साना–ठूलासहित औसतमा दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्छन ।

    पाँच वर्षभित्र निर्माण सक्ने गरी ०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij