२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अदालतले टुंगो लगाइसकेको विषयमा अनुचित बखेडा , विक्री भइसकेको घर कब्जाको प्रयास

अदालतले टुंगो लगाइसकेको विषयमा अनुचित बखेडा , विक्री भइसकेको घर कब्जाको प्रयास

दुर्गा प्रसाई समर्थकको समूहले दुई तहको अदालतको फैसलाको विपरित र कानूनी राज्यलाई चुनौति दिंदै अबाञ्छित गतिविधि जारी राख्दा समेत रुपन्देही प्रशासनले रोक्न नसक्दा मुलुकमा विधिको शासन र कानूनी राज्यको उपहास भएको छ ।

अदालतले टुंगो लगाइसकेको विषयमा अनुचित बखेडा , विक्री भइसकेको घर कब्जाको प्रयास

अदालतले टुंगो लगाइसकेको विषयमा अनुचित बखेडा , विक्री भइसकेको घर कब्जाको प्रयास

दुर्गा प्रसाई समर्थकको समूहले दुई तहको अदालतको फैसलाको विपरित र कानूनी राज्यलाई चुनौति दिंदै अबाञ्छित गतिविधि जारी राख्दा समेत रुपन्देही प्रशासनले रोक्न नसक्दा मुलुकमा विधिको शासन र कानूनी राज्यको उपहास भएको छ ।

अदालतले टुंगो लगाइसकेको विषयमा अनुचित बखेडा , विक्री भइसकेको घर कब्जाको प्रयास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र १२ २०८१
बुधवार, भाद्र १२ २०८१

  • बुटवल । रुपन्देहीको तिलोत्तमामा ७ वर्षअघि विक्रि भइसकेको र दुई तहको अदालतले फैसला गरिसकेको घरमा घर विक्री गरेको पक्षले अनुचित बखेडा गर्दा घर किनेकी महिलाले अन्यायमा परेको गुनासो गरेकी छन् ।

    तिलोत्तमा ३ (साविकको आनन्दवन गाविस–३ ‘ख’ स्थित कित्ता नम्बर ३८६९ मा रहेको १६.७५ क्षेत्रफलको जग्गामा बनेको २ तले घरसहित बिमला श्रेष्ठले राधादेवी पौडेलको नाममा पास दिएकी थिइन् ।

     बिमलाले पशुपति घिमिरेकी श्रीमति राधादेवीबाट ५ करोड ४ लाख ऋण लिएको र उक्त रकमको ब्याज ३/३ महिनामा किस्ताबन्दी रुपमा बुझाउनु पर्ने सहमति भएको र सर्तअनुसार नभए राधादेवीको नाममा उक्त घर जग्गा पास हुने सहमति थियो । 

     

    50ecde18-6bba-4fbd-8dac-59f6b89545cb.jpg
    undefined

    घर जग्गा विक्रि पछि पास दिंदा कम मूल्य राखेर राजीनामापत्र लेख्ने आम प्रचलन  अनुसार सरकारी कागजातमा भने जग्गाको मूल्य २ करोड ३१ लाख तथा घरको मुल्य १५ लाख गरी २ करोड ४६ लाख उल्लेख छ । अपवाद वाहेक सबै जसो घर जग्गा विक्रि गर्दा कम मूल्य उल्लेख गरि राजीनामा पास दिने चलन छ । 


    घर विक्रि गर्ने महिला विमलादेवी श्रेष्ठले राधादेवीविरुद्ध हालेको मुद्दामा शुरुमा जिल्ला अदालतले विमलाको विपक्षमा फैसला गरेको थियो । त्यसविरुद्ध उनी उच्च अदालत गइन् ।

    उच्च अदालतले पनि विमलाको माग दावी सही नभएको ठहर गर्दै राधादेवीको पक्षमै फैसला गरेको छ । 


    दुबै तहका अदालतले फैसला गरिसक्दा समेत विमलादेवीले बखेडा झिकेर विक्रि भएको घरमा राधादेवीको हक भोगमा अवरोध पु¥याउन कहिले नेकपा विप्लव त कहिले कांग्रेस, कहिले एकीकृत समाजवादीका नेताहरुमार्फत  अनुचित र गैरकानुनी दवाव दिन थालिन् ।

    उक्त विवादमा  जिल्ला प्रशासन र स्थानीय सरकारले समेत राधादेवीलाई घर प्रयोग गर्न साथ दिएका बेला दुर्गा प्रसाईका समर्थक बताउने एक समूहले मँगलबार राधादेवीलाई आफूले किनेको घर प्रवेशमा अवरोध गर्दै प्रदर्शन गरेका छन् । विक्री गरिसकेको घर पुनः बिमलाले नै पाउनु पर्ने भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । यसले मुलुकमा कानूनी राज्य छ कि छैन भन्ने गम्भीर प्रश्न खडा भएको पीडित घरधनी राधादेवीले गुनासो गरिन् । 


    २०७४ साल असार १६ गते पशुपती घिमिरेकी श्रीमती राधादेवी पौडेल घिमिरेलाई बिक्री गरेको सरकारी कागजातले पुष्टी गरेको छ । उक्त समय बिमलाले घर विक्री गरेको नभई बन्धकीका रुपमा दिएका कारण पुनः फिर्ता मागेको दावी  गरेकी छन् । 


    अदालतको फैसला कानूनी रुपमा सही भएपनि आफूहरु बीच भएको भद्र सहमति अनुसार घिमिरेले आफूलाई घरजग्गा फिर्ता गर्नुपर्ने बिमलाको जिकिर छ । उनका अनुसार कागजातमा जे जस्तो भए पनि पशुपतिबाट आफूले ५ करोड ऋण लिए बापत घरजग्गा नामसारी गरिदिएको र उक्त रकम ब्याजसहित फिर्ता गरेपछि घर जग्गा पनि फिर्ता हुने सहमति भएको थियो ।

    56de8c0b-7a7c-421c-9435-f7c01c6d0ed2.jpg
    undefined


    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अदालतको फैसला र सम्बन्धित पक्षसंगको कुराकानीका आधारमा उक्त घर जग्गा राधादेवी पौडेल घिमिरेको हुन जाने भएकाले ७२ घण्टाभित्र घर छाड्न आफूले निर्देशन दिएको बताए । विमलाले विभिन्न राजनीतिक दलका नेता प्रयोग गरेर घर छाड्नुपर्ने दायित्वबाट उम्किन खोजेको देखिएकाले त्यो गलत भएको प्रजिअ अर्यालले बताए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij