परासी ।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा ६१ जना कडा कुपोषण बालबालिका भेटिएका छन् । नगरपालिकाकाले स्वास्थ्य चौकीमा र वडामा पुगी परीक्षण गर्दा ६१ कडा खालको कुपोषण बालबालिका फेला परेको हो ।स्वास्थ्य शाखाले आयोजना गरेको पालिका स्तरीय आ.वा २०८०।८१को पोषण कार्यक्रमको वार्षिक प्रगति समीक्षा तथा कार्य योजना तयारी गोष्ठीमा जानकारी गराइएको हो ।
स्वास्थ्य शाखाले स्वास्थ्य चौकी वडा वडामा गई ६ देखी ५९ महिनाको बालबालिकालाई स्वास्थ्य परीक्षण गर्दा आर्थिक वर्ष २०८०।०८१मा ६१ जना कडा खालको कुपोषण बालबालिका फेला परेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले जनाकारी दिए ।
उनको अनुसार बालबालिकाहरूको लेखाजोखा तीन हजार नौ सय ३८ जनामा सामान्य तीन हजार पाँच सय ७३ जना र माध्यम खालको तीन सय चार जना तथा कडा खालको ६१ जना फेला परेको बताए ।
सबैभन्दा धेरै वडा न १६मा १० जना कडा कुपोषण बालबालिका फेला परेकोमा त्यसपछि वडा न १८ मा ९ जना कडा कुपोषण बालबालिका फेला परेको हरिजनले बताए ।
त्यस्तै वडा न १५,र १७ मा ८÷८ ,जना फेला परेका छन् । वडा १मा ७ जना कडा कुपोषण ,वडा न ७ र ८मा ५ ÷५ जना कडा कुपोषण बालबालिका रहेका छन् भने वडा ४,६, ९,१०र ११ दुई दुई जना कडा कुपोषण बालबालिका फेला परेको जसमा वडा १मा १ जना कडा कुपोषण बालबालिका फेला परेको जनस्वास्थ्य निरीक्षक हरिजनले जानकारी दिए ।
आर्थिक वर्ष २०७९।८०मा नगरमा १६ जना कडा खालको कुपोषण फेला परेको हरिजनले बताए ।अधिकाशं विपन्न परिवारका बालबालिकाहरूमा कडा खालको कुपोषण देखिएको छ ।
माध्यम खालको कुपोषण भएका बालबालिकालाई बाल भिटा वितरण गदै पौष्टिक आहार खुवाउन सुझाव दिँदै आएको हरिजनले बताए । नगरपालिकाले यसलाई न्यूनिकारण गर्ने समुदायमा सचेतना कार्यक्रम पनि गदै आएको बताए ।
नगरपालिका भित्र रहेका स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रका प्रमुखहरूले आर्थिक वर्ष २०८०।०८१को गरेको वार्षिक प्रगति प्रस्तुत गरेका थिए । नगरपालिका भित्र स्वास्थ्य चौकी ८ वटा आधारभूत स्वास्थ्य चौकी ,सात वटा र दुई वटा सहरी स्वास्थ्य केन्द्र रहेको छ ।




