बुटवल। बुटवल–८, सुख्खानगरमा अवस्थित एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयमा अन्तर सदनात्मक गायन प्रतियोगिता सम्पन्न भएको छ ।
विज्ञान समूह अन्तर्गत कक्षा ११ र १२ माअध्ययनरत विद्यार्थीहरुमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
विद्यालयका सह–प्राचार्य भिमसेन गौतमको सभापतित्व तथा प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य, उप–प्राचार्य उमेश रेग्मी तथा विज्ञान संकाय संयोजक डा. शालिकराम भण्डारीको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शिक्षकद्वय बालकृष्ण पाण्डे र गोविन्द पाण्डेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
उक्त प्रतियोगितामा धौलागिरी सदनकी नम्रता भण्डारी प्रथम, अन्नपूर्ण सदनकी सुम्निमा भुसाल द्वितीय र सगरमाथा सदनका सुवास खनालले तृतीय स्थान प्राप्त गरे ।
विजेताहरुलाई पुरस्कृत गर्दै प्राचार्य न्यौपानेले विद्यार्थीको व्यक्तित्व विकासमा यस्ता कार्यक्रमहरु फलदायी हुने विचार व्यक्तगर्नु भएको थियो भने सह प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख गौतम तथा उपप्राचार्य उमेश रेग्मीले प्रतियोगीहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यसप्रकारका सिर्जनात्मक कार्यक्रमले निरन्तरता पाउने विचार व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन छात्राद्वय आयुष्मा कक्षपति र जेनिशा श्रेष्ठले गरेका थिए ।




